६७ औँ वर्षमा नेपाल प्रहरी, तस्बिरहरू हेर्नुहोस्
नेपाल प्रहरी ६७ औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
६७ औँ प्रहरी दिवसमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन् । नेपाल प्रहरी २०१२ सालमा स्थापना भएको थियो । वर्षभरिमा उत्कृष्ट काम गरेका सकल दर्जालाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गर्दै आएको छ ।
यसपटक कार्यदक्षता मूल्याङ्कन (पुलिस ब्याटन) मा प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरी उत्कृष्ट भएका छन् । डीआईजी गिरीलाई प्रहरी ब्याटन प्रदान गर्न लागिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
प्रहरी दिवसको अवसरमा करिब २५ जना सकल दर्जालाई पुरस्कृत गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए । डीएसपी अनिल घिमिरेले पूर्ण शान्ति पुरस्कार पाएका छन् । पूर्ण शान्ति पुरस्कार पूर्व आईजीपी पूर्णबहादुर खवास र उनकी पत्नी शान्तिदेवी खवासले स्थापना गरेका हुन् ।
विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवसको अवसरमा उनलाई उनलाई सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनिका इन्चार्ज रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पुरस्कृत गरिएको छ । डीएसपी कुँवरले झापामा एकजना भारतीय नागरिकको हत्या भएको घटनामा संलग्न आरोपीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएका थिए ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण