बैंकको चर्को ब्याजबिरुद्ध बुटवलका व्यवसायी सडकमा
बैंकहरुले ब्याजदर बढाएको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार बुटवलमा र्यालीसमेत निकालेर बैंकको व्याजदर बृद्धिको विरोध जनाएका हुन् ।
बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ र देवदह उद्योग वाणिज्य संघमा आवद्ध उद्योगी व्यवसायीले बुटवलमा संयुक्त रुपमा विरोध र्याली निकालेका हुन् । बैंकहरुले पटक–पटक ब्याज बढाउँदा उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरुको गुनासो छ । बैंकहरुले ब्याजदर नघटाए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनी पनि उनीहरुले दिएका छन् ।
उद्योगी व्यवसायीले असोज मसान्तमा तिर्नुपर्ने ब्याजको समयावधि बढाउन पनि आग्रह गरेका छन् । बैंकहरुले लिने प्रिमियम दर १ प्रतिशतभन्दा बढी नबढाउन, ऋण सहमतिको एक वर्ष नपुगी ब्याज नबढाउन लगायतका माग उद्योगी व्यवसायीले अघि सारेका छन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बजारमा तरलता अभाव भएको बेला बैंकहरुले ब्याज बढाउँदा उद्योगी व्यवसायी मारमा परेको उल्लेख गरे । ब्याज तिर्न नसकेर ब्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म न्यौपानेले बैंकहरुले ब्याज नघटाए थप संघर्षका कार्यक्रम लिएर आउन बाध्य हुने चेतावनी दिए । कार्यक्रममा सैनामैना उद्योग वाणिज्य संघका प्रेमबहादुर खड्का, देवदह उद्योग वाणिज्य संघका अध्यक्ष हरि भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारी लगायतले तत्काल ब्याजदर घटाउन बैंकहरुलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण