एसपी सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता
सोमबार, ३१ असोज २०७९, १३ : २९

प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । विशेष ब्यूरोमा कार्यरत खड्कालाई ६७ औं दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् ।
‘मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार पाएका खड्काले ५१ हजार नगद र सम्मान पत्र प्राप्त गरेका हुन् । नेपाल प्रहरीमा खड्का काबिल अफिसरको रुपमा परिचित छन् । जिल्ला प्रहरी कार्यालयमा मोरङको कमाण्ड गरेका खड्कासँग उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ । उनी संगठित अपराध र आतंकवाद सम्बन्धी अनुसन्धानमा जानकार मानिन्छन् ।
नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को पुरस्कार प्रदान गर्दै आएको छ । यस पटकदेखि सो पुरस्कारको राशि पूर्व आईजीपी मोतिलाल बोहराले प्रायोजन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य