प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन : अपराध अनुसन्धान गर्दा कसैको दवाबमा नपर्नुस्
प्रधानमन्त्री शेरबहादुर देउवाले अपराध नियन्त्रण र अनुसन्धान प्रहरीको मुख्य दायित्व भएको बताएका छन् । ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले अपराध अनुसन्धान गर्दा कसैको दवावमा नपर्न निर्देशन दिए ।
सोमबार आयोजित समारोहमा प्रधानमन्त्री देउवाले भने– ‘कसैको दवाब र प्रभावमा नपरी अपराध नियन्त्रण र अनुसन्धानको दायित्व पुरा गर्न सकल दर्जालाई निर्देशन दिन चाहन्छु ।’ प्रधानमन्त्री देउवाले मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वतन्त्र र भयरहित ढंगले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
जनताको नजिकको ‘साथी’ प्रहरी भएको उल्लेख गर्दै देउवाले कोभिड–१९ र भुकम्पको प्रकोपमा प्रहरी कर्मचारीले खेलेको भुमिकाको प्रशंसा गरेका छन् । शान्ति मिसनमा प्रहरीको सहभागिता बढाउन सरकार सकारात्मक रहेको उनले जानकारी दिए ।
प्रहरी दिवसको अवसरमा कार्यदक्षता मूल्यांकन (पुलिस व्याटन)मा छनोट भएका प्रदेश–१ प्रहरी कार्यालयका डीआईजी सुदिप गिरीलाई प्रधानमन्त्रीले पुरस्कृत गरेका छन् । विशेष ब्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का सर्वोत्कृष्ट अनुसन्धानकर्ता ठहरिएका छन् । प्रहरी दिवसको अवसरमा उनलाई प्रधानमन्त्रीले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरेका छन् ।
त्यस्तै, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र बहादुर सिंहले ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पाएका छन् । प्रधानमन्त्रीले उनलाई सो अवार्डले सम्मान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण