बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनमा सहमति

बिहीबार, २१ असोज २०७८, १९ : २०
बिहीबार, २१ असोज २०७८

आज २०७८ साल असोज महिनाको २१ गते बिहीबार । अरु दिनझैँ आज पनि हामी रातोपाटीको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर  पाठकहरु सामु आएका छौं । आज देशभरका मुख्यमुख्य समाचारमा हिन्दु नेपालीको चाड दसैँ सुरु, मन्त्रिपरिषदलाई पूर्णता दिने गठबन्धनमा सहमति, प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सहमति, काँग्रेसले चियापान नगर्ने, कोरोनाको नियमित अपडेट लगायत रहेका छन् । ​
१ मन्त्रिपरिषद्ले शुक्रबार पूर्णता पाउने
मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ । 

२ माधव नेपालको पार्टीलाई मुख्यमन्त्री
प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो । सहमतिअनुसार राजेन्द्र राई प्रदेश १ र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् ।

 

 

३  काँग्रेसको चियापान नहुनेनेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ ।  कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

 

 

 

 

 

​४ आजदेखि दसैँ सुरुबिहीबारदेखि दसैँ पर्व सुरु भएको छ ।  बिहीबार बिहान ११ः४६ बजे घरघरमा जमरा राखेर घटस्थापना गरियो । यसवर्षको विजयादशमी भने असोज २९ गते परेको छ । 

 

 

​५    कोरोना अपडेट बितेको २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ ।

 

 

 

 

 

६    जोशी राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए । समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी)  कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।

 

 

 

 

८    एमालेको लोगो विवादमा
नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी केन्द्रको चुनाव चिन्हसँग मिल्दोजुल्दो छ । यसबारे नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले कानुनी उपचार खोज्न सकिने बताए ।
९    र, यो पनि
दसैँका लागि पोखरामा च्याङ्ग्रा भित्रिन थालेको छ । हिमाली जिल्ला मुस्ताङको उपल्लो भेगका अतिरिक्त डोल्पा, हुम्ला र जुम्लाबाट बर्सेनि दसैँको अवसर पारेर च्याङ्ग्रा भित्रिने गरेको छ । व्यवसायीहरुले लुम्ले, हेमजा र आसपासका क्षेत्रमा च्याङ्ग्रा ल्याएर राखेका छन् भने कोही बाटोमा आउने क्रममै छन् ।

​हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार जानकी मन्दिरको दर्शन गरेका छन् । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेको केही दिनपछि उनले जानकी मन्दिरका पुजारी महन्त रामपतेश्वर दास वैष्णवसँग दर्शन भेट गरेका हुन् । 

कोरोनाका कारण बन्द रहेका फिल्म हल बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल खोलिएको हो । सरकारले फिल्म हल खोल्न केही अगाडि अनुमति दिएपनि विभिन्न कारणले खुल्न सकेको थिएन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप