हाम्रो भागमा मन्त्रालय थोरै भए भनेर असन्तुष्टि छैन : विरोध खतिवडा
बिहीबार, २१ असोज २०७८, १४ : १५

नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले सत्ता गठबन्धनको भागबण्डामा आफ्नो पार्टीको भागमा थोरै मन्त्रालय परे भनेर असन्तुष्टि नभएको बताएका छन् । बिहीबार स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले भागबण्डामा थोरै परेको भनेर आफ्नो पार्टीमा असन्तुष्टि नरहेको बताएका हुन् ।
‘सन्तुष्टि, असन्तुष्टि कति भए पुग्छ र ? २५ वटै दिएपनि कुनै पार्टीलाई पुग्दैन । संख्यामा असन्तुष्टि होइन, त्यो त जति भएपनि पुग्दैन’, खतिवडाले मन्त्रालय बढे राम्रो हुन्छ भनेर भन्नु स्वभाविक भएको बताए । उनले मन्त्रालय थोरै भयो भनेर गठबन्धनमा कुनै झगडा नगरेको पनि दावी गरे । बैठकपछि माधव नेपाल सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अहिलेको विधेयकले दुईवटा सुरक्षा संगठनको बिचमा द्वन्द्व गराउँछ’
-
मधेस प्रदेश : जागिर छोड्ने प्रहरीको संख्या बढ्दो
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘सशस्त्र प्रहरीलाई अर्धसैनिक बलकै रूपमा लैजानुपर्छ’
-
सुशील र अञ्जनाको ‘परिवर्तन’ झापाबाट सुरु
-
ऐतिहासिक पनौती हिलेजात्राको तयारी तीव्र