सानेपामा अनसनरत काँग्रेस नेतालाई प्रहरीले लग्यो, बेपत्ता पारेको भन्दै खोजिदिन हारगुहार
पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बसेका नेपाली काँग्रेसका नेता राम गोविन्दराय यादवलाई प्रहरीले उठाएर लगेको छ । बुधबार राति ७ बजेपछि अनसन स्थलबाट बुबालाई प्रहरीले उठाएर लगेको छोरा कृष्ण बिहारी यादवले रातोपाटीलाई जानकारी दिए ।
प्रहरीले कहाँ लगेको हो र कुन अवस्थामा राखेको छ, केही जानकारी नदिएको उनको भनाइ छ । प्रहरीले आफ्नो बुवालाई वेपत्ता पारेकाले खोजिदिन उनले आग्रहसमेत गरे । पार्टी क्रियाशीलता सदस्यता वितरण पारदर्शी बनाउन माग गर्दै दोस्रो पटक आमरण अनसन बसेको छैटौं दिन प्रहरीले यादवलाई उठाएर लगेको उनले बताए ।
कृष्णले भने, ‘आमरण अनसन बसिरहेको ठाउँबाट गए राति प्रहरीहरुको समूह आएर उठाएर लगेको छ, कहाँ लगेको छ भन्नेबारे केही जानकारी दिएको छैन । उहाँलाई अपहरणको शैलीमा बेपत्ता पारेको छ, कहाँ हुनुहुन्छ, खोजी गरि दिनका लागि मिडियाहरुलाई अनुरोध गरिरहेको छु ।’
पार्टी नै सरकारमा र गृहमन्त्री पनि कांग्रेसकै भए पनि पार्टीले समेत नसुनेकाले मिडियासँग बुवाको खोजीका लागि आग्रह गरेको कृष्ण बिहारीले रातोपाटीलाई बताए । तर काँग्रेस कार्यालयका अनुसार काँग्रेसको पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा यादवलाई वीर अस्पताल लगिएको छ ।
सर्लाहीको बसबरिया गाउँपालिका वडा नंबर १ मा पार्टी क्रियाशील सदस्यता वितरणमा पारदर्शिता कायम गर्न माग राख्दै यादव आमरण अनसन बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु