शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

केपी ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसके : माधव नेपाल

बिहीबार, २१ असोज २०७८, १३ : ५१
बिहीबार, २१ असोज २०७८

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष नेपालले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका हुन् ।

उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए । अध्यक्ष नेपालले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे । उनले नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको भन्दै एमाले सामूहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको टिप्पणी गरे ।

‘एमाले विधान महाधिवेशनको नाममा भेला गरिएका मानिसहरुको जमात त्यहाँ अघि सारिएका मान्यताहरु सबै चिजहरू देखेर भानुभक्त जोशी पार्टी परित्याग गरेर एकीकृतमा प्रवेश गर्नुभयो, नयाँ यात्रामा प्रवेश गर्नुभएको छ, यसमा सबैभन्दा पहिलो अवरोध केपी ओली गुटले सिर्जना गर्नेछन्, केपी ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका छन्, च्युत भइसकेको अब औपचारिक रुपमा दिन हेर्न मात्रै बाँकी छ’, अध्यक्ष नेपालको भनाइ छ ।

नेता नेपालले पार्टी प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्यमा ल्याउने घोषणा समेत गरे । प्रवेश गरेका जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए । जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रीय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे ।

‘१० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नगरिँदा, आमनेता कार्यकर्ताको मन भाँचिएको छ, पार्टी एकताका लागि कोशे ढुंगाको रुपमा रहेको १० बुँदे सहमति नगरिँदा र पार्टीमा फेरि आग्रह पूर्वाग्रहको यथावत रहेको महशुस भएकोले राजीनामा दिइ एकीकृत समाजवादीमा प्रवेश गरेको हुँ, म इमान्दारीपूर्वक र क्षमताले भ्याएसम्म आजकै दिनबाट पार्टीको काममा लाग्नेछु’, जोशीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप