मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीले हाम्फालेर आत्महत्या गरे

बिहीबार, २१ असोज २०७८, ११ : ४६
बिहीबार, २१ असोज २०७८

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । घरको चौंथो तलामा उनको मोवाइल फेला परेको छ । ७४ वर्षीय चतुर्वेदी बिहान ७ बजे मर्निङ्वाक गएको बेला सो घरमा गएर हाम्फालेका हुन् । 

उनी काठमाडौं महानगरपालिका–७ चावहिल स्थित बुलबुलेमा बस्दै आएका थिए । आफ्नो घरबाट केही पर रहेको निर्माणाधीन घरबाट उनि हाम्फालेका हुन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । 

तत्कालीन  शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पती आर्ज गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?