बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँमा जनकपुरधामस्थित शक्तिपीठ सिँगारियो (फोटोफिचर)

बिहीबार, २१ असोज २०७८, ११ : ३२
बिहीबार, २१ असोज २०७८

दसैँको अवसरमा जनकपुरधामका विभिन्न शक्तिपीठलाई दुलही झैँ सजाइएको छ । जनकपुरधामको विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका चोकमा दुर्गाको प्रतिमा स्थापना गरी भव्य पंडाल बनाएर नवरात्रिभरि विशेष पूजा गर्ने चलन छ ।

राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई निकै आकर्षक ढंगले सजाइएको छ भने बौद्धिमाई मन्दिर, अमरखाना माई मन्दिर, सोनासति मन्दिरलगायत विभिन्न शक्तिपीठहरुलाई पनि झिलिमिली बनाइएको छ । दसैँ अवधिभर जनकपुरधाम उपमहानगर क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा बनाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप