बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्बिरमा हेर्नुहोस् काठमाडौँका शक्तिपीठहरु

बिहीबार, २१ असोज २०७८, ०९ : ५५
बिहीबार, २१ असोज २०७८

हिन्दु धर्मावलम्बीहरूको मुख्य चाड दसैँ आजबाट विधिवत् रूपमा भित्रिएको छ । दसैँको पहिलो दिन अर्थात् आज घटस्थापना । यस दिन शक्ति पीठ तथा दसैँ घरमा जमरा राख्ने गरिन्छ । घटस्थापना नवरात्रको पहिलो दिन हो । नौ दिनसम्म नवरात्र विधिले प्रत्येक दिन फरक फरक देवीको पूजा गरिन्छ । विजया दशमीका दिन मान्यजनबाट टीका ग्रहण गर्दै प्रसादका रूपमा जमरा लगाउने प्रचलन छ ।

नौ दिनसम्म विभिन्न शक्तिपीठमा भक्तजनहरूले नवदुर्गाको पूजा आराधना गर्दछन् । यसले सिद्धि प्राप्त हुने धार्मिक मान्यता छ । विजया दशमीलाई भगवतीले दानवी शक्तिमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ । यस्तै रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा पनि विजया दशमी मनाउने गरिन्छ । सारमा विजया दशमीलाई असत्यमाथि सत्यको जितका रूपमा मनाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप