आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘आईजीपी बढुवाका लागि भारतीय दूतावास धाउनु देशद्रोह’

नवराज सिलवाल भन्छन्–‘पत्रकारले अङ्ग्रेजी बुझेनन्’
बिहीबार, २१ असोज २०७८, ०९ : ३४
बिहीबार, २१ असोज २०७८

नेपाल प्रहरीको आईजीपी बन्नका लागि भारतीय दूतावास धाउने नेपालका प्रहरी अधिकारीलाई के–कस्तो कारबाही हुनुपर्ला ? यस्तो घटनामा राज्यले केही नभएजस्तो गरेर बस्न मिल्छ कि मिल्दैन ? नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेले हालै एक पुस्तकमा नेपाल प्रहरी संगठनको बेइज्जती र मानमर्दन हुने प्रसङ्ग उल्लेख गरेपछि यस्तो प्रश्न उब्जिएको छ ।

प्रहरी महानिरीक्षकको दौडमा रहेका चारजना प्रहरी अधिकारीहरूले इण्डिया हाउसमा आफूसँग बेग्लाबेग्लै भेट गरेको पूर्व राजदूत रेले आफ्नो पुस्तक ‘काठमाडौँ डिलेमा रिसेटिङ इण्डिया–नेपाल टाइज’ को पृष्ठ १८ मा लेखेका छन् । आफूले बोलाएको नभई उनीहरू आफैं भेट्न आएको रेले पुस्तकमा उल्लेख गरेका छन् ।  

‘नयाँ आईजीपी चयन गर्नका लागि चारजनाको सूची थियो । चार जनामध्ये प्रत्येकले भारतीय समकक्षीसँग सहकार्य बलियो बनाउने ईच्छा व्यक्त गर्दै इण्डिया हासउमा मलाई भेटे,’ पूर्व राजदूतले किताबमा लेखेका छन्, ‘मलाई भेट्न मैले उनीहरूलाई निम्तो दिएको थिइनँ ।’

भारतले नेपालमा ‘माइक्रो म्यानेजमेन्ट’ गरेको नभई नेपालीहरू नै आफैँ दूतावास धाउने गरेको दृष्टान्तका लागि आफूले आईजीपी नियुक्तिको प्रसङ्ग उल्लेख गरेको पूर्व राजदूत रेले बताएका छन् । उनले दुईवटा आईजीपी नियुक्तिका विषयमा चर्चा गर्दै नेपालको आईजीपी पद भारतीय चासो विषय भएको स्वीकारोक्ति पनि प्रकट गरेका छन् । उनको यस्तो चर्चाले नेपाल प्रहरी संगठनको स्वाभिमानमाथि धज्जी उडेको छ ।

पूर्वरादजूत रेले इण्डिया हाउसमा आफूलाई भेट्न आएका भनी उल्लेख गरेका आईजीपीका चार दाबेदारमध्ये दुईजना अहिले पनि महत्वपूर्ण सरकारी ओहोदामै छन् । यीमध्ये एकजना नवराज सिलवाल हुन्, जो नेकपा एमालेका सांसद छन् । अर्का जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बनेका छन् । बाँकी दुई आईजीपीका दाबेदारमा प्रकाश अर्याल र बमबहादुर भण्डारी हुन् ।  

आईजीपीमा चारजनाको प्रतिस्पर्धा हुनुपूर्व पनि अर्का आईजीपी नियुक्तिबारे तत्कालीन गृहमन्त्री (स्व. माधव घिमिरे) ले आफूसँग सुझाव मागेको र आफूले बरिष्ठलाई नियुक्त गर्नू भनी सुझाव दिएको पूर्व राजदूत रेले आफ्नो किताबमा लेखेका छन् ।

‘सरकार मौन बस्न मिल्दैन’

पूर्व राजदूत रेको यस्तो अभिव्यक्तिले नेपालीहरूको राष्ट्रिय स्वाभिमानमाथि नै गम्भीर प्रश्न उठाइदिएको छ । तर, पूर्व राजदूत रेले पुस्तकमा चारजना प्रहरी अधिकृतहरू दूतावासमा आफूलाई भेट्न आएको बताए पनि यसलाई नेपाल सरकारले खासै गम्भीर रूपमा लिएको देखिँदैन ।

तर, कूटनीतिक मामिला एवं सुरक्षा क्षेत्रका जानकारहरू भने यसमा नेपाल सरकारले बोल्नुपर्ने बताउँछन् । उनीहरूका अनुसार या त नेपाल सरकारले पूर्व राजदूत रेको भनाइलाई झुटो बताएर खारेज गर्नुपर्छ, या कूटनीतिक मर्यादाविपरीत दूतावासमा धाएर नेपालको राष्ट्रिय स्वभाभिमान गिराउने कार्य गर्ने तत्कालीन प्रहरी अधिकारीहरूलाई देशद्रोहको अपराधमा कारबाही गर्नुपर्ने हुन्छ ।

नेपाल सरकारका एक पूर्वगृहमन्त्रीले रातोपाटीसँग भने, ‘मैले यो किताब पढिसकेको छैन । पूर्व राजदूतले नेपालको स्वाभिमानमा आँच पुर्‍याउने गरी झुटो कुरा लेखेका हुन् भने नेपाल सरकारले बोल्नुपर्छ, विदेशमा आफ्नो देशमाथि यस्तो आरोप लाग्दा सरकारले बोल्ने गरेको कूटनीतिक प्रचलन छ । त्यसैले नेपाल सरकारले पनि बोल्नुपर्छ ।’

उनले अगाडि थपे, ‘यदि नेपालका सुरक्षा अधिकारीहरू बढुवाको माग लिएर भारतीय दूतावासमा गएकै हुन् भने यो देशद्रोह हो, उनीहरूमाथि देशद्रोहको अपराध गरेकोमा कारबाही चलाइनुपर्छ ।’

नवराज सिलवाल भन्छन्–‘पत्रकारले अङ्ग्रेजी बुझेनन्’

आईजीपीको दौडमा रहेका बेला आफूलाई भेटेको र पछि नेकपा एमालेको सांसद बनेको भनी रेको किताबमा चर्चा गरिएकामध्ये एकजना पूर्व प्रहरी अधिकारी हुन् सांसद नवराज सिलवाल । हामीले उनीसँग रञ्जित रेले किताबमा लेखेको कुरो साँचो हो ? भनेर सोध्यौँ ।

सिलवालले यसो भनिरहँदा पूर्व राजदूत रेको पुस्तकको १८ औँ पृष्ठमा  आईजीपीका चार दाबेदारमध्ये गृहमन्त्रीका उम्मेदवार हटेको र एमालेको सांसद बनेको लेखिएको छ, जुन नवराज सिलवालमाथिकै चर्चा हो भन्ने छर्लङ्ग छ ।

 

उनले आफू भारतीय दूतावासमा नगएको दाबी गरे । पत्रकारले अङ्ग्रेजीको अर्थ नबुझेर आफूलाई पनि रञ्जित रेसँग आईजीपी माग्न गएको भनेर लेखेको तर्क गर्दै उनले भने, ‘अङ्ग्रेजीमा लेख्दा त्यो अर्थ लाग्दैन, एप्रोच पुलिसले कि गृहमन्त्रीले भनेर नबुझेर पत्रकारले लेखेका हुन् ।’

सिलवालले यसो भनिरहँदा पूर्व राजदूत रेको पुस्तकको १८ औँ पृष्ठमा  आईजीपीका चार दाबेदारमध्ये गृहमन्त्रीका उम्मेदवार हटेको र एमालेको सांसद बनेको लेखिएको छ, जुन नवराज सिलवालमाथिकै चर्चा हो भन्ने छर्लङ्ग छ ।

तर, पूर्व राजदूत रेको पुस्तक आफूले पढ्न नपाएको बताउँदै सांसद सिलवालले रातोपाटीसँग भने, ‘मैले उनलाई भेटेको छैन, त्यो गलत कुरा हो ।’ आफूले युनिफर्ममा दाग लाग्ने काम नगरेको बताउँदै सिलवालले अगाडि भने, ‘कुनै पूर्वप्रहरीलाई जनताले वडाध्यक्ष पनि चुनेका छैनन्, मलाई सांसद बनाएका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप