एमाले नेता जोशी राजीनामा दिएर नेकपा एकीकृत समाजवादीमा प्रवेश (राजीनामा पत्रसहित)
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । बिहीबार जोशीलाई समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । पूर्व वनमन्त्रीसमेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य रहेका थिए । समाजवादी पार्टीमा प्रवेश गर्नुअघि जोशीले एमालेबाट असोज २० गते राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा पत्रमा एमाले एकताका लागि गरिएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन (अपानी) कार्यन्वयन नगरेकोमा अध्यक्ष केपी ओलीप्रति असन्तुष्टि जनाएका छन् ।
‘पार्टी एकताका लागि कोशेढुंगाको रुपमा रहेको १० बुँदे सहमति र अपानी १२ समेत कार्यान्वयन नगर्ने, पार्टीमा फेरि पनि आग्रह, पूर्वाग्रहको अवस्था यथावत नै रहेको महशुस एमाले केन्द्रीय कमिटी सदस्य पदबाट राजीनामा दिएको छु’, अध्यक्ष ओलीलाई सम्बोधन गरेर दिएको राजीनामामा जोशीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हल्चोकमा सशस्त्र प्रहरीकाे २४ औँ वार्षिकोत्सव, तस्बिरमा हेर्नुहोस्
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
-
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
-
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत
-
अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड