यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने विश्व बैंकको प्रक्षेपण
सन् २०२१/२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । हालैमात्र जारी गरेको बैंकको रिपोर्ट अनुसार कोभिडपछि यो वर्ष समग्रमा दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धिदरमा सुधार आउने बताएपनि नेपालको भने ४ प्रतिशत तलै रहने बैंकले बताएको हो । सरकारले भने यस वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
बैंकका अनुसार यस वर्ष दक्षिण एसियामा नै सबैभन्दा बढी माल्दिभ्सको ११ प्रतिशतले आर्थिक वृद्धि रहने छ । यस्तै, भारतको ७.५ प्रतिशत, बंगलादेशको ६.४ प्रतिशत र सबैभन्दा कम श्रीलंकाको २.१ प्रतिशत रहने बैंकले प्रक्षेपण गरेको छ । यता भुटान र पाकिस्तानको आर्थिक वृद्धिदर भने सरदर नेपालको जस्तै हुने बैंकले जनाएको छ ।
यद्यपि, यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर भने औषतमा ७.१ प्रतिशत रहने बैंकले जनाएको छ ।
कोभिड–१९ को प्रभाव क्रमशः घट्दै गएकाले आर्थिक क्षेत्रको गतिविधि बढ्दै जाँदा यसको प्रभाव समग्र दक्षिण एसियाली मुलुकमा पर्ने बैंकले जनाएको छ ।
त्यसो त अघिल्लो आर्थिक वर्ष २०१९/२० मा २.१ प्रतिशतले ऋणात्मक रहेको नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२०/२१ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय