बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्कर ‘गोरे’ भन्थे– ‘एसएसपी खत्रीलाई १ करोड दिन बाँकी छ’

आइतबार, २३ वैशाख २०७५, १४ : २१
आइतबार, २३ वैशाख २०७५

काठमाडौं– महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत रहँदा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले तस्करीको लाइन चलाएर कमिसन बापत लाखौं लिने गरेको पाइएको छ । सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी कृष्ण भन्ने नरेन्द्र कार्कीले सुन छानविन समिति समक्ष बयान दिने क्रममा आफैंले पटक–पटक गरेर श्याम खत्रीलाई लाखौं दिएको स्वीकार गरेका छन् । २०७२ असोजपछि लामो समय त्रिभुवन विमानस्थलमा बसेका खत्रीले ड्राइभर र बडिगार्ड प्रयोग गरेर आफ्नै गाडीमा सुन ओसारपसार गर्ने गरेको तथ्य यसअघि उनकै ड्राइभर प्रहरी जवान विष्णुबहादुर खड्काले बताएका थिए ।

‘गोरेले भनेर मैले करिब ९ महिना अगाडि एसएसपी श्याम खत्रीलाई मध्य बानेश्वरको ह्वाइट हाउस कलेज छेउमा भेटेर १६ लाख दिएको थिएँ’, समितिसमक्ष बयान दिँदै नरेन्द्र कार्कीले भनेका छन्, ‘ह्वाइट हाउसमा पैसा दिन जाँदा एसएसपी खत्रीसँग मैले नचिनेका एक जना गाडी चालकसमेत आएका थिए ।’

सुन तस्कर गोरेले श्याम खत्रीलाई ‘मामा’ भन्थे । ‘गोरे’ले खत्रीलाई आवश्यक पर्दा स्कोरपियो गाडीसमेत दिने गरेको पाइएको छ । सुन तस्करले पठाएको स्कोरपियो खत्रीले आफ्नो सहयोगी पठाएर काठमाडौंको घण्टाघरबाट रिसिभ गरेको कार्कीले बयान दिएका छन् ।

२०७३ पुस २३ गते एयर अरेबियाको उडानबाट त्रिभुवन विमानस्थल हुँदै आएको साँढे ३३ किलो सुन प्रकरणमा श्याम खत्री प्रहरी प्रधान कार्यालयबाटै पक्राउ परे । त्यतिबेलासम्म सुन तस्करीको कमिसन बापतको रकम ‘गोरे’बाट खत्रीले १ करोड लिन बाँकी रहेको खुलेको छ ।

चूडामणि उप्रेतीका भरियाले विदेशबाट ल्याएको सुन त्रिभुवन विमानस्थलस्थित थाई एयरको टिमले जिम्मा लिने गरेका थिए । कत्तिपय अवस्थामा ‘गोरे’का भरियाले सीधै एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यकक्षमा लगेर दिने गरेको पाइएको छ ।

‘३३ केजी सुन काण्डमा श्याम खत्री पक्राउ परेपछि गोरे भन्ने चूडामणि उप्रेतीले निजले एसएसपी खत्रीलाई सुन पास गराई दिएबापतको १ करोड दिन बाँकी छ भन्ने कुरा गरेको थियो’– मोरङ जिल्ला अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेखित बयानमा कार्कीले भनेका छन्, ‘तर, उक्त पैसा खत्रीलाई चूडामणि उप्रेतीले दियो वा दिएन त्यो चाहिँ मलाई थाहा छैन ।’

चूडामणि उप्रेतीका भरियाले विदेशबाट ल्याएको सुन त्रिभुवन विमानस्थलस्थित थाई एयरको टिमले जिम्मा लिने गरेका थिए । कत्तिपय अवस्थामा ‘गोरे’का भरियाले सीधै एसएसपी श्याम खत्रीको विमानस्थलस्थित कार्यकक्षमा लगेर दिने गरेको पाइएको छ ।

‘हाम्रो टिमले श्याम खत्रीलाई उक्त सुन दिएपश्चात उहाँले चूडामणि उप्रतीसँगको सल्लाहा बमोजिम उक्त सुन आफ्नो बडिगार्ड र सवारी चालकलगायतले एयरपोर्ट बाहिर पास गराउने गरेका थिए’ नरेन्द्र कार्कीले भनेका छन्, ‘सुन छानविन समितिले फेला पारेको गोरेको डायरीमा उल्लेखित (एसएसपी मामा) भन्ने व्यक्ति श्याम खत्री नै हुनुपर्छ ।’

छानविन समितिले फेला पारेको गोरेको डायरीमा खत्रीले पटक पटक गरेर लाखौं रुपियाँ सुनको कमिसन लिएको हिसाब राखिएको छ । कोड भाषामा डायरीमा नाम लेखेर सुनका कारोबार गर्दै आएका ‘गोरे’ले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा शङ्कास्पद मृत्यु भएका प्रेमलाल चौधरीलाई ‘एरी मामा’ भन्ने गरेका थिए ।

नेपाल एयरलाइन्समा कामर्यरत प्रेमलाल चौधरी र हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका राजु महर्जनले फ्लाई दुबईबाट आएको सुन तस्करी गर्न सहयोग गरेको र त्यसपबापत चूडामणि उप्रेतीको निर्देशनमा राजु महर्जनलाई सोह्र खुट्टे र सोभा भगवतीमा भेटेर एक पटकको १८ लाखसम्म बुझाउने गरेको कार्कीले बताएका छन् । ‘एक पटकको १५ देखि १८ लाखका दरले  लगभग १५ पटकसम्म निजहरूको कमिसन बापतको रकम मैले नै बुझाएको थिएँ’, समितिसँग बयान दिँदै कार्कीले भनेका छन्, ‘हाम्रो सुनको सम्पूर्ण कारोबारको हिसाबहरू चूडामणि उप्रेती र सनम शाक्यले नै राख्ने गरेका थिए ।’

मोरङको उर्लाबारी स्थायी घर भएका नरेन्द्र कार्कीले एसएलसी पनि पास गरेका छैनन् । २०६२ सालमा वैदेशिक रोजगारीका लागि कतार गएका कार्की त्यहाँ ३ वर्ष बसेर नेपाल फर्केका थिए । कतारबाट आएको केही वर्षपछि ट्याक्सी चलाउन थालेका उनलाई ‘गोरे’ले २०७२ सालदेखि तस्करीको सुन बोक्ने भरिया बनाएका थिए ।
 

कसले लुट्यो तस्करीको ३३ केजी सुन ? : लुटेरा ग्याङसँग सई सा’पको दरबारमार्गमा मिटिङ !

एउटा यस्तो बयान, जसले ३३ किलो सुन तस्करीको पर्दा खोल्छ (बयानको पूर्णपाठ)

३३ किलो सुन तस्करी : प्रहरी अधिकारी विकाशराज खनालको वयानको पूर्णपाठ

प्रहरी र सुन तस्करबीच  ‘दुई करोड’ बार्गेनिङ,  ‘गोरे’ लाई प्रहरीले नै भगाएको आरोप !

सुन तस्करी–हत्या अभियोगका ६ आरोपितको बयान सकियो

प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

साढे ३३ किलो सुनकाण्डः प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’

तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !

सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप