साढे ३३ किलो सुनकाण्डः प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं– साढे ३३ किलो सुन तस्करी प्रकरणमा आरोपित ६३ जनाविरुद्ध आज जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको हो ।
प्रहरीले अभियोग पत्र तयार पारी उनीहरुविरुद्ध तीन प्रकारको मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेहरूलाई अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाइएको श्रोतले बताएको छ । मुद्धा दर्ता गरिएका अभियुक्तहरुमा बहालवाला बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) दिवेश लोहानी, पूर्व डीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्का रहेका छन् । उनीहरु विरुद्ध संगठित अपराध सम्बन्धी मुद्धा दर्ता भएको छ ।
त्यस्तै विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको जनाइएको छ ।
त्यसैगरी मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, मोहन घिमिरेविरुद्ध कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ । मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित फरार अभियुक्तहरु विरुद्ध पनि मुद्धा दर्ता गरिएको छ । फरार मुख्य अभियुक्त गोरे भारतमा लुकेर बसेको आशंका प्रहरीले गरेको छ ।
सुन गायब र हत्या अनुसन्धानका लागि गृह मन्त्रालयले सहसचिव ईश्वर पौडेलको नेतृत्वको छानविनन समिति गठन गरेको थियो । छानबिन समितिमा गृहका सहसचिव पौडेल,राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, एसएसपी वसन्तकुमार लामा, गृहका उपसचिव भविश्वर पाण्डे, उपन्यायाधिवक्ता हरि रेग्मी,डीएसपी सुदीप पाठक,प्रहरी निरीक्षक भीष्म हुमागार्इं, कानुन अधिकृत भोजराज दाहाल र सइ सुमन कार्की कार्की छन् ।
विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो । प्रहरीले विराटनगर-३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय