शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

मङ्गलबार, २० चैत २०७४, २२ : ०४
मङ्गलबार, २० चैत २०७४

काठमाडौँ । फागुन पहिलो साता चुडामणी उप्रेती ‘गोरे’ले चीनको केरुङ नाका हुँदै ल्याएको ३३ किलो सुन गायव भएसँगै हत्या गरिएका सनम शाक्य हत्या प्रकरणमा शंकास्पद भुमिका देखिएका प्रहरी अधिकारीसँग गृहमन्त्रालयले बयान लिन थालेको छ । 

मंगलबार महानगरीय अपराध महाशााखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेल र प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रजित केसीसँग बयान लिईएको गृह मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिएका छन् । 

मंगलबार साँझ रातोपाटीसँग कुराकानी गर्दै ती उच्च अधिकृतले भने, ‘महाशाखाका एसएसपी दिवेश लोहनीसँग समय अभावका कारण बयान लिन भ्याइएन, अन्य सुरक्षा अधिकारीको बयान शुरु भएको छ ।’ 

अवैध रुपमा नेपाल आएको ३३ किलो सुनको भरिया भनिएका मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या प्रकरणमा प्रहरीकै मिलेमतोको संकेत देखिएपछि प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागका डिआईजी पुष्कल रेग्मीको कमाण्डमा छानविन समिति निर्माण गरेको थियो । 

सोमबार गृह मन्त्रालयले डिआईजी रेग्मी भन्दा माथि रहनेगरी गृह मन्त्रालयका एक सह–सचिवको नेतृत्वमा अर्को छानबिन समिति गठन गरेको मन्त्रालय स्रोतको भनाई छ ।

तिनै सह–सचिव सहित प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागका एसएसपी बसन्त लामा, विशेष ब्युरोका डिएसपी सुदिप पाठक र केन्द्रिय अनुसन्धान ब्युरोका इन्सपेक्टर भिष्म हुमागाई सदस्य रहेको टोलीले मंगलबार डिएसपी केसी र सई सञ्जेलसँग बयान लिएको हो । मन्त्रालय स्रोतका अनुसार एसएसपी लोहनीसँग छानविन समितिले बुधबार बयान लिने बताइएको छ । 


तस्करीको आधा अर्थात साढे १६ किलो सुनको लोभमा प्रहरी अधिकृतले सनमको हत्यापछि ‘शव ब्यवस्थापन’को जिम्मा लिएको सूचना पाएपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरी प्रधान कार्यालयलाई घटना छानविन गर्न निर्देशन दिएका थिए । 

यो पनि पढ्नुहोस् 
 

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप