सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !

काठमाडौं – सुनका बिस्कुट र गहना बनाएर त्रिभुवन विमानस्थलबाटै तस्करी हुने गरेको सुन तस्करीको तरिका फेरिएको खुलेको छ ।
आइतबार प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनको झोल (लिक्वीड गोल्ड) बरामद गरेसँगै तस्करीको नयाँ तथ्य पत्ता लागेको हो ।
‘दुबईबाट आएको १ हजार ९ सय ६८ ग्राम लिक्वीड गोल्ड सहित एकजना भारतिय पक्राउ परेका छन्,’ त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रवक्ता (एसपी) गणेश चन्दले भने, ‘चार दिनअघि पनि करिब १७ सय ग्राम सुन यसरी नै लिक्वीड बनाएर ल्याएको अवस्थामा हामीले बरामद गरेका थियौँ ।’
सुनको झोलसँगै पक्राउ परेका एक भारतीय नागरिकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको एसपी चन्दले बताएका छन् ।
तरल सुनलाई मेटल डिटेक्टर र वाकथ्रु गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय