सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !
काठमाडौं – सुनका बिस्कुट र गहना बनाएर त्रिभुवन विमानस्थलबाटै तस्करी हुने गरेको सुन तस्करीको तरिका फेरिएको खुलेको छ ।
आइतबार प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनको झोल (लिक्वीड गोल्ड) बरामद गरेसँगै तस्करीको नयाँ तथ्य पत्ता लागेको हो ।
‘दुबईबाट आएको १ हजार ९ सय ६८ ग्राम लिक्वीड गोल्ड सहित एकजना भारतिय पक्राउ परेका छन्,’ त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रवक्ता (एसपी) गणेश चन्दले भने, ‘चार दिनअघि पनि करिब १७ सय ग्राम सुन यसरी नै लिक्वीड बनाएर ल्याएको अवस्थामा हामीले बरामद गरेका थियौँ ।’
सुनको झोलसँगै पक्राउ परेका एक भारतीय नागरिकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको एसपी चन्दले बताएका छन् ।
तरल सुनलाई मेटल डिटेक्टर र वाकथ्रु गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभाका दुई समितिको बैठक आज बस्दै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण