सुन तस्करी–हत्या अभियोगका ६ आरोपितको बयान सकियो
बिहीबार, २० वैशाख २०७५, १९ : ३३

विराटनगर । जिल्ला अदालत मोरङमा साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा आज अभियुक्त छ जनाको बयान लिन शुरु भएको छ ।
जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष निजहरुको बयान लिने कार्य भइरहेको स्रेस्तेदार नवराज दुलालले बताए । बयान दिनेमा टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्ले छन् । यी अभियुक्तसँग बयान लिने काम सकिएको छैन । बयान लिने काम शुक्रबार पनि जारी रहनेछ ।
निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला अदालत मोरङमा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय