शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

शुक्रबार, ३० चैत २०७४, १२ : ११
शुक्रबार, ३० चैत २०७४

काठमाडौँ । फागुन पहिलो साता त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि गायब पारिएको ३३ किलो सुन प्रकरणमा पक्राउ परेका प्रेमलाल चौधरीको प्रहरी हिरासतमै रहमस्यमय मृत्यु भएको छ । 

बिहीबार पक्राउ परेका चौधरीलाई महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । शुक्रबार बिहान ४ बजेर ४५ मिनेटमा चौधरी हिरासतको ट्वाईलेटमा अचेत अवस्थामा फेला परेको सिंहदरबार वृतमा कार्यरत एक जुनियर अधिकृतले बताएका छन् ।

अचेत अवस्थामा फेला परेका चौधरीलाई प्रहरीले वीर अस्पताल लगेको थियो । डाक्टरले उनलाई मृत घोषित गरिसकेका छन् । प्रहरी स्रोतका अनुसार चौधरीले वृतको शौचालयमा आफैंले लगाएको ट्रयाकसुट घाँटीमा पासो लगाएर आत्महत्या प्रयास गरेका थिए ।

चौधरी ३० बर्षदेखि त्रिभुवन विमानस्थलस्थित नेपाल बायुसेवा निगमको जहाजमा लोडरको काम गर्दै आएका थिए । यसअघि गएको फागुन १८ गते तस्करहरुले यातना दिएर मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या गरेका थिए ।

फागुन १८ गते मोरङको उर्लाबारी–७ का सनम शाक्यको हत्या भएसँगै उक्त घट्नामा जोडिएका प्रहरी अफिसरहरुको भूमिकामाथि प्रश्न उठाउँदै गृह–मन्त्रालयले सह–सचिव ईश्वरराज पौडेलेको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । समितीले बिराटनगरलाई केन्द्रिविन्दु बनाएर घट्नाबारे अनुसन्धान गरिरहेको छ ।

बिहीबार समितिले आरके ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्यलाई नियन्त्रणमा लिएको थियो । शाक्य पक्राउ परेसँगै उक्त सुन प्रकरणका पक्राउ पर्नेका संख्या २१ पुगेको छानविन समितिका एक सदस्यले बताएका छन् । समितिले अनुसन्धानका लागि यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नेता भुजुङ गुरुङ, बाकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्य प्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतिय नागरिक महाविर गोल्यानलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अपराध महाशाखाका एसएसपी दिवेश लाहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई महाशाखाको जिम्मेवारीबाट हटाइसकेको छ ।

यो पनि पढ्नुहोस् 

 

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप