बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

कसले लुट्यो तस्करीको ३३ केजी सुन ? : लुटेरा ग्याङसँग सई सा’पको दरबारमार्गमा मिटिङ !

शुक्रबार, २१ वैशाख २०७५, १५ : ००
शुक्रबार, २१ वैशाख २०७५

काठमाडौँ । महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका जवान देखि अधिकृतसम्म एउटा कुरामा जानकार थिए, त्यो के भने, ‘सेनाका भगौडा सन्तोष श्रेष्ठ र प्रहरी नायव निरीक्षक (सई) बालकृष्ण सञ्जेल मिलेर सुनको काम गर्छन् ।’ 

सन्तोष तस्करीको सुन लुट्थे, सञ्जेल बर्दीको रवाफ देखाएर उनलाई संरक्षण गर्थे ।

पछिल्लो घट्नमा सन्तोष मुछिएका छैनन् । तर, आफूलाई ‘इन्काउन्टर स्पेसलिस्ट’ दाबी गर्दै हिड्ने प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र फागुन ९ गते काठमाडौँको रत्नराज्य स्कुल नजिकबाट लुटिएको भनिएको ३३ किलो सुनका लुटेराबीच दरबारमार्गमा मिटिङ बसेको पाईएको छ । 

सुन तस्करी प्रकरणमा मारिएका मोरङ उर्लाबारीका सनम शाक्यको प्रेमिका निशा ठकुरीले सुन तस्करी छानविन समिति समक्ष बयान दिँदै उक्त तथ्यको खुलासा गरेकी हुन् ।

निशाले समिति समक्ष रमेश श्रेष्ठ, रोशन श्रेष्ठ र आकाश लामा मिलेर सुन लुट्ने योजना बनाएको बताएकी छिन् । लुट्ने योजना परिपक्व हुनुअघि रोशन र आकाशले अपराध महाशाखाका सई बालकृष्ण सञ्जेलसँग दरबारमार्गमा रहेको ‘बेक्स एण्ड केक्स’ नामक कफी शपमा भेट गरेको दाबी गर्दै निशाले भनेकी छिन्, ‘सुन लुट्नुअघि रोशन र आकाशसँग मेरो दरबारमार्गमा भेट भएको थियो, त्यहाँ बालकृष्ण सञ्जेल पनि आएका थिए, मलाई रोशनले सञ्जेल (ईकाउन्टर स्पेसलिस्ट हो) भनी परिचय गराएको थियो ।’

सनम शाक्य समूहबाट रमेश श्रेष्ठ समूहले सुन लुट्न लागेको योजना सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ लाई सञ्जेलले पहिले नै जाकारी गराएको बताइएको छ । यसरी सुन लुट्ने योजना निशा मार्फत चुहिएसँगै चुडामणीले सनमलाई भनेका थिए, ‘तेरो गर्लफ्रेन्डलाई सिध्याई दिउँ ?’

‘चुडामणी उप्रेतीले  धम्की दिएपछि सनमले मलाई अलि होस् गरेर हिँड्नु भनेका थिए’ निशा भन्छिन्, ‘त्यसपछि हाडीगाँउ स्थित सनम र अन्य साथीहरु बस्ने घरबाट सबै सामानहरु निकाली (गोरे) समेतले त्यो घर छाडेका थिए ।’

‘गोरे’को धम्कीपछि प्रेमिकाले सनमलाई सुनको काम छाड्न आग्रह गरेकी थिइन् । प्रेमिकाको आग्रहलाई सम्मान गर्दै मृतक शाक्यले भनेका थिए, ‘मलाई यो काम छाड्न केही समय  लाग्छ, तत्काल छाड्न मिल्दैन ।’

निशा र सनमको परिचय २०७४ साउन २८ मा दरबारमार्ग स्थित आईक्लवमा भएको थियो । निशा मोडल हुन्, मोडलिङ गर्न गएको बेला आँखा जुधेपछि सनमले उनको नम्बर मागेर फोन गर्न थालेका थिए । हाँडिगाउँमा ‘गोरे’ ले लिएको प्mल्याटमा बस्दै आएका सनमको यातना दिने क्रममा गत फागुन १८ गते मोरङको उर्लाबारीमा मृत्यु भएको सुन छानविन समितीको अनुसन्धानका क्रममा खुलेको छ ।

निशाका अनुसार पहिले सनम सँगै काम गरेका रमेश श्रेष्ठले पछिल्लो समय सुन तस्करीको काम छाडेको बताउँदै आएका थिए । निशाले आफ्नो ब्वाईफ्रेन्ड तस्करीमा संलग्न भएको कुरा रमेशबाटै थाहा पाएको बयान दिएकी छिन् ।

‘त्यसपछि मैले सनमलाई मन चोर्ने उद्देश्यले सोध्दा उनले हो म सुन तस्करीको कारोबार गर्छु भनेको थियो’ मोरङ जिल्ला अदालमा पेश गरिएको अभियोग पत्रमा उल्लेखित उनको बयानमा भनिएको छ, ‘रमेश टेकराज मल्लको सालो रहेछ, उसलाई मेरो र सनमको सम्बन्धको बारेमा सबै कुरा थाहा थियो ।’

फागुन ९ गते सुन लुटिँदा सुन तस्कर ‘गोरे’ भारतमा थिए । दुईदिनपछि नेपाल आएर सुन ओसार–पसारमा संलग्न भरियाहरुलाई उनले कुटपिट गर्न थालेका थिए । आफ्नो अन्डरमा काम गर्नेहरुलाई गोरेले कुटपिट गर्न थालेपछि गत फेब्रअरी ३ मा सनम र गोरे सँगै पूर्व लागेका थिए । पूर्व गएपछि सनमसँग आफ्नो फोन सम्पर्क पातलो हुन थालेको निशाले बताएकी छिन् ।

‘यस्तैमा फेबुअरी २८ मा बिहान सात बजे सनमले मलाई म्यासेज गरेका थिए, म्यासेजमा (मलाई कल नगरहै म अब दाईसँग हुन्छु १ महिना लागेपनि आफै कल गर्छु, बोल्दा पनि नर्मल तरिकाले बोल्नु है । ल मैले कल नगरुन्जेल जति लागे पनि कल चाँही नगर है । ल बुडी रिसाइस् होला तर अहिले कल चाँही नगर्नु ल भनेका थिए’ निशाले बयानमा भनेकी छिन्, ‘मार्च १ मा मैले ह्याप्पी होली भनेर म्यासेज पठाएँ त्यसपछि उसको फोन अफ भयो, मार्च ३ मा थाहा पाएँ उसको हत्या भएछ !’

एउटा यस्तो बयान, जसले ३३ किलो सुन तस्करीको पर्दा खोल्छ (बयानको पूर्णपाठ)

३३ किलो सुन तस्करी : प्रहरी अधिकारी विकाशराज खनालको वयानको पूर्णपाठ

प्रहरी र सुन तस्करबीच  ‘दुई करोड’ बार्गेनिङ,  ‘गोरे’ लाई प्रहरीले नै भगाएको आरोप !

सुन तस्करी–हत्या अभियोगका ६ आरोपितको बयान सकियो

प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

साढे ३३ किलो सुनकाण्डः प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

साढे ३३ किलो सुनकाण्डमा एसएसपी दिवेश लोहनी पक्राउ

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

पुलिसको बर्दीमा ‘गोल्डेन’ दाग : सुन तस्करीमा सईदेखि एसएसपीसम्मको यस्तो ‘कनेक्सन’

तस्करीको सुनमा फाइदैफाइदा, यसकारण बढिरहेछ तस्करी !

सुन तस्करीको नयाँ तरिका : विमानस्थलमा समातियो २ किलो सुनको झोल !

रत्नराज्य स्कूल अगाडिबाट हराएको थियो ३३ केजी सुनको पोको, पूर्व डिआईजी पनि अनुसन्धान घेरामा

३३ किलो सुन प्रकरणमा दोस्रो मृत्यु : प्रहरी हिरासतमै प्रेमलालको रहस्यमय मृत्यु !

३ किलो सुन प्रकरण : आरके ज्वेलर्सका सञ्चालक पक्राउ, पक्राउ पर्नेका संख्या २१

‘सुन तस्कर’ गोरेको अड्डामा प्रहरी छापा, सुन बोक्ने वेस्टकोट र पैसा गन्ने मेशिन फेला !

३३ किलो सुन प्रकरण : अपराध महाशाखाका एसएसपीसहित दुई अधिकृत तानिए हेडक्वार्टर  (पत्रसहित)

सनम हत्या प्रकरण : गृह मन्त्रालयमा शंकास्पद भूमिका देखिएका प्रहरी अधिकारीको बयान शुरु

सुन तस्करी : रहस्यमय बन्दै सनमको हत्या, सईदेखि एसएसपीसम्म छानविनको घेरामा !

सुन तस्करीको लेनदेन नमिल्दा सनमको अपहरण, स्कोरपियोभित्र शव भेटियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप