शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

...तर, ओली–मोदीले हात मिलाएनन्

शनिबार, २४ चैत २०७४, १५ : ००
शनिबार, २४ चैत २०७४

एसके यादव

नयाँ दिल्ली–तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार संयुक्त प्रेस ब्रिफ्रिङमा देखिए ।
शब्दमा एकले अर्काको प्रशंसा गरे ।

हैदराबाद हाउसबाटै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरे ।
उनीहरुले वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन पनि गरे ।

महत्वपूर्ण दुई परियोजनाको शिलान्यास र उद्घाटनपछि ओली र मोदी मिडिया ब्रिफ्रिङमा आएका थिए ।

तर, प्रेस ब्रिफ्रिङपछि ओली र मोदीले हात चाहिँ मिलाएनन् ।

२७ मिनेट लामो संयुक्त प्रेस ब्रिफ्रिङपछि एक अर्काले हात मिलाएनन् ।

त्यसपछि मोदीको सत्कारमा ओली अगाडि बढे ।

लगत्तै प्रश्न उठ्यो, ‘के ओली–मोदी सम्बन्धमा अझै चिसोपन छ ?’

मिडियाले ओली–मोदी सम्बन्धलाई लिएर चासो राखेका छन् ।

कुटनीतिमा हात मिलाउनु र नलिमाउनुको ठूलो अर्थ राख्छ ।

एक पूर्वराजदूतले दुई देशका सरकार वा राष्ट्रप्रमुखवीच संयुक्त पत्रकार सम्मेलनपछि हात मिलाउने परम्परा रहेको बताए । उनले ओली र मोदीले संयुक्त प्रेस ब्रिफ्रिङपछि हात नमिलाएको दृष्य आफूलाई अनौठो लागेको बताए ।

उनले रातोपाटीसँग भने, ‘उहाँहरुको कुरा मिठा आए । एक अर्काको मन दुखाउने विषय छैनन् । तर, हात चाहिँ नलिमाउनुमा केही सन्देश छ ।’

अन्तिम समयमा आएर दुई वटा काम रोकिएका थिए । नेपालले तयारी नपुगेको भन्दै अरुण तेस्रो जलविद्युत्त परियोजनाको शिलान्यास रोकिएको थियो । कतिपय कुटनीतिक जानकार यसमा भारतीय असन्तुष्टि रहेको हुन सक्ने मान्छन् । अरुण तेस्रोमा भारतीय खास चासो छ । मोदीले संयुक्त प्रेस ब्रिफ्रिङमा पनि अरुण तेस्रोको मुद्दा उठाएका थिए । मोदीले जलस्रोत र सुरक्षा संवेदनशीलताको विषयलाई जोड दिएका थिए ।

कानुनतः उत्पादन अनुमतिपत्र लाइसेन्स नलिइ जलविद्युत् आयोजनाको शिलान्यास गर्न पाइँदैन । तर, ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को शिलान्यास भने उत्पादन अनुमतिपत्रविनै हुने भएको भनेर विवाद पनि आएको थियो । १ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि भारतको सरकारले लगानी गर्ने सहमति बनेको छ ।

भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।

यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउने बताइएको छ ।

भारतीय सतलज निगमले १० वर्षअघि खुल्ला प्रतिष्पर्धामार्फत लाइसेन्स पाएको आयोजनाको साढे तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

मोदीले ओलीको भ्रमणको दोस्रो दिन टिव्टरमा ‘छिमेकी मित्र राष्ट्र नेपालका प्रधानमन्त्री माननीय केपी शर्मा ओललाई भारतमा हार्दिक स्वागत छ ।’ भनेर लेखेका थिए ।

भ्रमणकै क्रममा नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घघाटन गरेका थिए । यो जाँच चौकी वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा छ । भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको थियो । यसलाई भन्सारको आधुनिक अवधारणा मानिन्छ ।  यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुनुका साथै खुला नाकामा हुने विचलन नियन्त्रण हुने विश्वास गरिन्छ ।

त्यसबाहेक प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरे । दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई प्रधानमन्त्रीले पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका थिए । पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्थाका लागि सरकारले ७ भदौ ०७२ मा पेट्रोलियम पाइपलाइन ल्याउन भारतसँग औपचारिक सम्झौता गरेको थियो ।

निर्माण सुरू भएको भएको ३० महिनामा उक्त परियोजना सम्पन्न हुने लक्ष्य राखिएको छ । पाइपलाइनबाट आउने इन्धन अमलेखगञ्जको डिपोमा ७८ लाख लिटर इन्धन अट्न सक्नेगरी भण्डारण क्षमता पनि विस्तार गरिँदैछ । योसँगै अर्को नयाँ भण्डारणगृह निर्माण गर्ने योजना पनि छ ।
 
 

दिल्ली भ्रमणका थप समाचार

मोदीसँगकाे संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने–चुनावपछि नेपाल समृद्धितर्फ अघि बढ्यो

-नेपालमा लोकतन्त्रको स्वर्णीम अध्याय शुरु, भारत हर्षित : मोदी

नेपाल–भारतबीच १२ बुँदे संयुक्त वक्तब्य जारी (पूर्णपाठसहित)

-प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर

९ तस्बिरमा हेर्नुहोस्  ओली र  मोदीबीचको भेटवार्ता

हैदराबाद हाउसबाट पेट्रोलियम पाइपलाइन शिलान्यास, यसको फाइदा के ?

एकीकृत जाँच चौकी के हो र के हुन्छ फाइदा ?

गान्धीको समाधिस्थलमा पुगेर के लेखे प्रधानमन्त्री ओलीले ? (फोटोफिचरसहित)

अचानक रोकियो अरुण तेस्रो आयोजनाको उद्घाटन

प्रधानमन्त्री ओली र भारतीय राष्ट्रपतिबीच भेटवार्ता 

प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

ओलीको स्वागतमा मोदीको नेपाली ट्वीट !

याे पनि

पहिलो दिन : दिल्लीमा प्रधानमन्त्री ओलीका १२ घण्टा

प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता

भारतीय काँग्रेसका अध्यक्ष र पूर्वप्रधानमन्त्री सिंहले भेटे प्रधानमन्त्री ओलीलाई

इन्डिया नेपाल विजनेश फोरममा प्रधानमन्त्रीले के भने ?

मोदी भन्दा अगाडि डोभल–ओली भेटबार्ता

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्रीको स्वागत, हेर्नुहोस् तस्विर

प्रधानमन्त्री ओली राजकीय भ्रमणका लागि भारत प्रस्थान (फोटोफिचर)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप