शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो दिन : दिल्लीमा प्रधानमन्त्री ओलीका १२ घण्टा

शनिबार, २४ चैत २०७४, ०९ : ५४
शनिबार, २४ चैत २०७४

एसके यादाव
नयाँ दिल्ली –तीन दिने औपचारिक भ्रमणमा आएका प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली आएदेखि हिजो राती पौने १० बजेसम्म व्यस्त रहे । 

विहान १०ः२० मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका प्रधानमन्त्री ओलीलाई स्वागतका लागि भारतीय गृहमन्त्री राजनाथ पुगेका थिए । उनको साथमा भारतीय अर्थराज्य मन्त्री शिवप्रताप शुक्ला, नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरी पनि विमानस्थल पुगेका थिए । 

विमानस्थलको विशिष्ठ कक्षमा केहीछिन गृहमन्त्री सिंह र प्रधानमन्त्री ओलीबीच भलाकुसारी भएको थियो । त्यहाँबाट ११ः३० भारतीय राष्ट्रपति भवन पुगे । जहाँ उनको लागि वासको व्यवस्था गरिएको छ । उनी त्यहाँ १५ मिनेट आराम गरेपछि उद्योग व्यावसायीले आयोजना गरेको कार्यक्रमका लागि ताज प्यालेश होटलमा गए ।

अढाई घण्टा कार्यक्रममा सहभागि भएर उनी सवा तीन बजे राष्ट्रपति भवन पुगे । कार्यतालिका अनुसार ४ः३० वजे राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटघाट गर्ने कार्यक्रम थियो तर उनले त्यो बीचमा आराम नगरि भारतीय नेता तथा विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरे ।

राज्यसभा सदस्य एवं जनता पार्टी (युनाइटेड) नेत शरद यादव शुरुमै गएर भेटे । त्यस लगतै भारतीय गुप्तचर निकाय ‘रअ’ का पूर्व उपप्रमुख एबी माथुरले पनि भेटेका थिए । त्यसपछि भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी लगायत सो दलका विशिष्ट नेताहरुसँग भेट गरे । त्यसमा भारतका पूर्वप्रधामन्त्री मनमोहन सिंह पनि सहभागि थिए । जब कि यिनीहरुको नाम कार्यतालिकार्यतालिकामा समावेश गरिएको थियो ।

त्यसपछि मात्र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । प्रधानमन्त्री मोदीका सबभन्दा विश्वास पात्रको रुप चिनिएका डोभालकै भेटमा प्रधानमन्त्री ओलीलाई आजै प्रधानमन्त्री मोदीलाई भेट्न सुझाव दिएका थिए ।

उनीहरुको बीचमा के कुरा भयो त्यसका खुलासा कसैबाट भएको छैन । यद्यपी स्रोत भन्छन्, डोभालले ओलीलाई पाकिस्तान र चीनसँग नेपालको सम्बन्धको बारेमा ख्याल गर्न ध्यानाकर्षण गराए । पछिल्लो समय नेपालमा चीन र पाकिस्तानको चहल पहल बढीरहेको विषयमा पनि चासो उनले लिएका छन् ।

डोभालभन्दा पहिले भेटेका रअ का पूर्व उपप्रमुख एवी माथुरले भेटेका थिए । जो नेपालका लागि रअ का प्रमुख पनि भइसकेका छन् । ओलीका लागि विश्वासपात्र मानिन्छ । उनी अहिले प्रधानमन्त्री मोदी मातहतमा रहेका राष्ट्रिय सुरक्षा परिषद्का नेपाल मामलाका सल्लाहकार पनि हुन् । 

प्रधानमन्त्री अ‍ोलीले डोभाललाई भेटिसकेपछि उनी भारतमा रहेका नेपाली प्रवासीलाई सम्बोधन गर्नका लागि भारतका लागि नेपाली राजदूतावास पाँचवजे पुगेका थिए । निर्धारित समयमा नै पुगेका ओलीले सम्बोधन गर्न थालेपछि पानी पर्नुको साथै हावाहुरी चलेको थियो ।

त्यसका कारणले कार्यक्रम नै प्रभावित भयो । कार्यक्रम स्थगित भयो । अनि उनी त्यहाँ नेपाली प्रवासीसँग छवजेसम्म भेटघाट गरे । अनि त्यहीबाट उनी बसेका राष्ट्रपति निवास फर्के । 

एकछिन् आराम गरेपछि उनी मात्र भारतीय प्रधानमन्त्री मोदीको सरकारी निवास पुगे ।

यी दुईजनाको बीचमा पुरै एकघण्टासम्म कुराकानी भएको थियो ।

जो प्रधानमन्त्री ओलीको कार्यतालिकामा थिएन । प्रधानमन्त्री ओलीको भ्रमण दलमा आएका एकजना मन्त्रीले भने, प्रधानमन्त्रीको भ्रमण दलमा हामी छौ तर मोदीसँग भेटघाटको बारेमा जानकारी नै भएन । मोदीसँग आजै भेट हुन्छ भन्ने कुरा हामीलाई पनि थाह थिएन ।’

ओलीले मोदीसँगको भेटलाई मात्र गोप्य राखेको थिएन । यस्ता धेरै कुरा गोप्य हुन्छ जो भ्रमण दलका प्रतिनिधि मण्डलका सदस्यलाई पनि थाह हुँदैन ।’

मोदीसँगको भेटघाट सकाएर ८ः३० बजे दूतावासको रात्रीभोजमा सहभागि हुन इम्पेरियर होटल पुगे । ओली पुग्नुअघि अन्य गेस्टहरु आइसकेका थिए । सबैजना इन्जोय गरिरहेका थिए । 

उनी त्यहाँ सो कार्यक्रममा भारतका उद्योगपति, कर्मचारी, नेतालगायतले ओलीलाई बधाई दिएका थिए । ९ः१५ बजे कार्यक्रमबाट सिधै राष्ट्रपति भवन पुगेका थिए ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप