गान्धीको समाधिस्थलमा पुगेर के लेखे प्रधानमन्त्री ओलीले ? (फोटोफिचरसहित)
काठमाडौं– तीन दिने भारत भ्रमणमा रहेका प्रधामन्त्री केपी शर्मा ओली महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेका छन् ।
भारतीय राष्ट्रपति राम नाथ कोविन्दसँगको भेटवार्तापछि ओली गान्धीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्न पुगेका हुन् ।
श्रद्धान्जली अर्पण गरेपछि राखिएको आगन्तुक पुस्तिकामा ओलीले गान्धीको प्रेम, सत्य र अहिंसावादी चिन्तनको स्मरण गरेका छन् ।
अाेलीले लेखेका छन् -'महात्मा गान्धीको समाधीस्थलमा पाइपुग्दा म भावुक भएकाे छु । जो भारतका मात्र नभई मानवजातीकै अमर व्यक्तित्व हुनुहुन्छ । एक महान नमुनाको रुपमा उहाँले हामीलाई माया, सत्यता र अहिंसाको महत्व सिकाउनु भएकाे छ, जुन मानिसको सबैभन्दा ठूलो गुण हो । ‘आफूले जस्तो संसार चाहनुभएको छ, आफूलाई त्यसरी नै परिवर्तन गर्नुहोस्,’ उहाँको जे भन्न्भयाे त्यसरी नै बाँच्न्भयाे पनि । उहाँले संसारलाई नैतिक ताकत कतिसम्म शक्तिशाली हुनसक्छ भन्ने पुष्टि गरेर हामीलाई नैतिकता र समवेदनाको सबैभन्दा ठूलो पक्ष देखाउनु भएकाे छ ।
बापुजीप्रति हार्दिक श्रद्धाञ्जली !'









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण