गान्धीको समाधिस्थलमा पुगेर के लेखे प्रधानमन्त्री ओलीले ? (फोटोफिचरसहित)

काठमाडौं– तीन दिने भारत भ्रमणमा रहेका प्रधामन्त्री केपी शर्मा ओली महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर गान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेका छन् ।
भारतीय राष्ट्रपति राम नाथ कोविन्दसँगको भेटवार्तापछि ओली गान्धीको समाधिस्थलमा श्रद्धान्जली अर्पण गर्न पुगेका हुन् ।
श्रद्धान्जली अर्पण गरेपछि राखिएको आगन्तुक पुस्तिकामा ओलीले गान्धीको प्रेम, सत्य र अहिंसावादी चिन्तनको स्मरण गरेका छन् ।
अाेलीले लेखेका छन् -'महात्मा गान्धीको समाधीस्थलमा पाइपुग्दा म भावुक भएकाे छु । जो भारतका मात्र नभई मानवजातीकै अमर व्यक्तित्व हुनुहुन्छ । एक महान नमुनाको रुपमा उहाँले हामीलाई माया, सत्यता र अहिंसाको महत्व सिकाउनु भएकाे छ, जुन मानिसको सबैभन्दा ठूलो गुण हो । ‘आफूले जस्तो संसार चाहनुभएको छ, आफूलाई त्यसरी नै परिवर्तन गर्नुहोस्,’ उहाँको जे भन्न्भयाे त्यसरी नै बाँच्न्भयाे पनि । उहाँले संसारलाई नैतिक ताकत कतिसम्म शक्तिशाली हुनसक्छ भन्ने पुष्टि गरेर हामीलाई नैतिकता र समवेदनाको सबैभन्दा ठूलो पक्ष देखाउनु भएकाे छ ।
बापुजीप्रति हार्दिक श्रद्धाञ्जली !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर