अचानक रोकियो अरुण तेस्रो आयोजनाको उद्घाटन
काठमाडौं -बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास अन्तिम समयमा रोकिएको छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले यसको संयुक्त शिलान्यास गर्ने तयारी थियो ।
उद्योग मन्त्री मात्रिका यादवले सरकारको तयारी नपुगेकाले अरुण तेस्रो आयोजना र पाईपलाइनको उद्घाटन नहुने भएको रातोपाटीलाई बताए ।
कानुनतः उत्पादन अनुमतिपत्र लाइसेन्स नलिइ जलविद्युत् आयोजनाको शिलान्यास गर्न पाइँदैन ।
तर, ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को शिलान्यास भने उत्पादन अनुमतिपत्रविनै हुने भएको भनेर विवाद पनि आएको थियो ।
१ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि भारतको सरकारले लगानी गरिसक्ने निर्णय गरेकोले वित्तीय व्यवस्थापनको समस्या आयोजनामा छैन ।
भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।
यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउने बताइएको छ ।
भारतीय सतलज निगमले १० वर्षअघि खुल्ला प्रतिष्पर्धामार्फत लाइसेन्स पाएको आयोजनाको साढे तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण