अचानक रोकियो अरुण तेस्रो आयोजनाको उद्घाटन

काठमाडौं -बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास अन्तिम समयमा रोकिएको छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले यसको संयुक्त शिलान्यास गर्ने तयारी थियो ।
उद्योग मन्त्री मात्रिका यादवले सरकारको तयारी नपुगेकाले अरुण तेस्रो आयोजना र पाईपलाइनको उद्घाटन नहुने भएको रातोपाटीलाई बताए ।
कानुनतः उत्पादन अनुमतिपत्र लाइसेन्स नलिइ जलविद्युत् आयोजनाको शिलान्यास गर्न पाइँदैन ।
तर, ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को शिलान्यास भने उत्पादन अनुमतिपत्रविनै हुने भएको भनेर विवाद पनि आएको थियो ।
१ खर्ब ४ अर्ब कुल लागत अनुमान गरिएको आयोजनाको लागि भारतको सरकारले लगानी गरिसक्ने निर्णय गरेकोले वित्तीय व्यवस्थापनको समस्या आयोजनामा छैन ।
भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधीन सो आयोजना निर्माणका लागि भारत सरकारले ९१ अर्ब रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।
यो आयोजना बनेपछि नेपालले निःशुल्क बिजुलीसँगै करलगायतबाट २५ वर्षमा ३ खर्ब ४८ अर्ब रुपैयाँ लाभ पाउने बताइएको छ ।
भारतीय सतलज निगमले १० वर्षअघि खुल्ला प्रतिष्पर्धामार्फत लाइसेन्स पाएको आयोजनाको साढे तीन वर्षअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको क्रममा आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङमा टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू
-
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री
-
बाबुरामलाई प्रश्न– प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र छाडेकोमा पश्चाताप लागेको छैन ?
-
मोदीको भनाई खारेज गर्दै पाकिस्तानले भन्यो – हामी ‘आतंकवाद पीडित’
-
ट्रम्पको दाबी भारतद्वारा अस्वीकार
-
खनाल आयोगका सुझाव तत्काल कार्यान्वयन गर्न नसक्ने सरकारको संकेत