शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीसँगकाे संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने–चुनावपछि नेपाल समृद्धितर्फ अघि बढ्यो

शनिबार, २४ चैत २०७४, १४ : ०३
शनिबार, २४ चैत २०७४

एसके यादव

नयाँ दिल्ली-प्रधानमन्त्री केपी शर्मा ओलीले  चुनावपछि नेपाल आर्थिक समद्धिको दिशार्फ अघि बढेको बताएका छन् । भारतीय प्रधनमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले नेपाल चुनावको सम्पन्नतासँगै समृद्धिको दिशामा अघि बढेको बताएका हुन् ।  

आफू नेतृत्वको सरकारको  साझा उद्देश्य नै  समृद्धि भएको बताउँदै ओलीले नेपाल लगानीको लागि उपयुक्त वातारण भएको पनि बताए ।  भारतीय निजि तथा पब्लिक कम्पनीलाई नेपालका जलविद्युत क्षेत्रमा लगानी गर्न आह्वान गर्दै ओलीले कतिपय आयोजना भारतीय लगानीमा बन्दै गरेको  पनि सो क्रममा बताए । 

 यस्तै सीमा क्षेत्रमा हुने आतंकवाद र अपराध न्यूनीकरणका सवालमा नेपाल गम्भीर रहेको बताउँदै ओलीले सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि  दुबै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 
 पत्रकार सम्मेलनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश नभएको बताउँदै बरु ‘ल्याण्डलिंक्ड’ देश भएको बताए।   अहिलेकाे अवस्थामा नेपाल जलमार्गमा पनि जोडिन सक्ने उनको भनाई थियो । 

अर्को प्रसंगमा ओलीले काठमाडौं–रक्सौल रेलमार्ग विस्तारमा भारतले सहयोग गर्ने  बताएकोमा खुसी व्यक्त गरे ।  ओली अघि पत्रकार सम्मेलनलाई सम्बोधन गरेका  मोदीले काठमाडौं रक्सौल रेलमार्ग भारतले बनाउने बताएका थिए ।  


यस्तै  उनले आफूलाई भारतमा भएको न्यानो स्वागतको लागि मोदीलाई धन्यवाद समेत दिए ।

ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई  उपयुक्त समयमा नेपाल भ्रमणमा आउन निमन्त्रणा समेत दिए ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप