भारतीय काँग्रेसका अध्यक्ष र पूर्वप्रधानमन्त्री सिंहले भेटे प्रधानमन्त्री ओलीलाई
शुक्रबार, २३ चैत २०७४, १८ : ५३
नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न शिष्टाचार भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार–विमर्श भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भेटमा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलगायत भारतीय राष्ट्रिय काँग्रेसका अन्य शीर्ष नेताको सहभागिता थियो । सो अवसरमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
-
५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम
-
‘स्वस्थ शिशु प्रतिस्पर्धा’ हुँदै, दरखास्त फाराम खुल्यो
-
म्यानचेस्टर सिटीमा आबद्ध भए एन्डरसन, पाँच वर्षको सम्झौतामा हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण