प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता
शुक्रबार, २३ चैत २०७४, २० : ३६
नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘वान टु वान’ भेटवार्ता सकिएको छ ।
मोदीलाई भेट्न प्रधानमन्त्री ओली मोदीको सरकारी निवासमा पुगेका थिए । भेटमा ओली र मोदीबीच आपसी हितबारे चासो राख्दै द्विपक्षीय सम्बन्ध सुधारको विषयमा छलफल भएको थियो ।
ओली र मोदीबीच नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा पनि छलफल भएको बताईएको छ ।
प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । त्यस्तै ओली र मोदीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।
ओली र मोदीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । ओली शुक्रबार नै तीन दिने भ्रमणको सिलसिलामा भारत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण