प्रधानमन्त्री ओली र मोदीबीच ‘वान टु वान’ वार्ता
शुक्रबार, २३ चैत २०७४, २० : ३६

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको ‘वान टु वान’ भेटवार्ता सकिएको छ ।
मोदीलाई भेट्न प्रधानमन्त्री ओली मोदीको सरकारी निवासमा पुगेका थिए । भेटमा ओली र मोदीबीच आपसी हितबारे चासो राख्दै द्विपक्षीय सम्बन्ध सुधारको विषयमा छलफल भएको थियो ।
ओली र मोदीबीच नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा पनि छलफल भएको बताईएको छ ।
प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो । त्यस्तै ओली र मोदीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ ।
ओली र मोदीबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । ओली शुक्रबार नै तीन दिने भ्रमणको सिलसिलामा भारत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर