प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर
नयाँ दिल्ली-भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गार्ड अफ अनर ग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री ओलीलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।
विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ ।
गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय जनता र सरकारको तर्फबाट उच्च सम्मान पाएकोमा खुसी व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले गरिबी निवारणमा मिलेर काम गर्नुपर्ने बताए । जनताको जीवनस्तर उकास्नका लागि मिलेर काम गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान पु¥याउन आफू भारत भ्रमणमा आएको बताए ।
भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उहाँले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे ।
भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो ।

प्रधानमन्त्री ओलीले मकक्षी नरेन्द्र मोदीसँग सुखी नेपाली र समृद्ध नेपालको अभियानमा भारतसहित सबै छिमेकी मुलुकको साथ र सहयोगको अपेक्षा नेपालले राखेको जानकारी दिए ।
सो अबसरमा भारतीय प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण