शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा लोकतन्त्रको स्वर्णीम अध्याय शुरु, भारत हर्षित : मोदी

शनिबार, २४ चैत २०७४, १३ : ३६
शनिबार, २४ चैत २०७४

एसके यादव

नयाँ दिल्ली-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा लोकतन्त्रको स्वर्णीम अध्याय शुरु भएको भन्दै यसले भारतलाई निकै हर्षित बनाएको बताएका छन् ।

मोदीले आफ्नो सम्बोधनमा भने, ‘नेपाल राजनीति इतिहासको नयाँ यूगामा प्रवेश गरेको छ । छिमेकी मित्र देश र विश्वको सवैभन्दा ठूलो लोकतन्त्र भएको देशको नाताले छिमेकी नेपालको स्वर्णीम अध्यायाको शुभारम्भ हुनु भारतका लागि हर्षको विषय हो ।’

नेपालमा संविधान जारी भएपछि त्यसको अन्तरबस्तुमा असन्तुष्टि जनाउँदै आएको भारतले तीनै चरणका चुनाव र त्यसमा बामपन्थी गठबन्धनको विजय भएपछि आफ्नो ‘पोजिसन’ हेरफेर गरेको देखिएको छ ।
आज नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री केपी ओलीसँगको संयुक्त प्रेस विफ्रिङमा भारतीय प्रधानमन्त्री मोदीले भारतको विकासका लागि आफुले अगाडि सारेको ‘सवका साथ, सवका विकास’ नामक भिजन र नेपालका प्रधानमन्त्री ओलीले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नामक भिजन एकअर्काको पूरक भएको बताए । 

प्रेस विफ्रिङमा भारतीय प्रधानमन्त्री मोदीले भने

–नेपाल राजनीति इतिहासको नयाँ यूगामा प्रवेश गरेको छ । छिमेकी मित्र देश र विश्वको सवैभन्दा ठूलो लोकतन्त्र भएको देशको नाताले छिमेकी नेपालको स्वर्णीम अध्यायाको शुभारम्भ हुनु भारतका लागि हर्षको विषय हो ।

–नेपालको त्रिब आर्थिक विकास र त्यसमा सवैको साझेदारीका विषयमा प्रधानमन्त्री केपी ओलीले मलाई जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीको भिजनको साकार गर्नका लागि भारत कसरी सहभागी बन्न सक्छ भनेर छलफल गर्यौँ । भारतको विकासका लागि ‘सवका साथ, सवका विकास’ नामक मेरो भिजन छ । उता नेपालमा ‘सुखी नेपाली, समृद्धि नेपाल’ भन्ने प्रधानमन्त्री ओलीको भिजन छ । हाम्रा यी भिजन एक अर्काको पुरक छन ।

–हामी दुई सहमत छौँ  कि जनकेन्द्रीत भिजनलाई सँगै अगाडि बढाउन । विकासका साँझा लक्ष्य बनाउन पनि हामी सहमत छौँ । दुई देशका जनताको सुख समृद्धिसँगै अगाडि बढाउन
सहमत छौँ ।

–नेपालको विकासमा भारतको साझेदारीको लामो इहितास छ । मैले प्रधानमन्त्री ओलीलाई विश्वास् दिलाएको छु, अगाडि पनि भारत नेपालसँगै रहनेछ । हमेसाजस्तै नेपालको प्राथामिकता र आबश्यकता अनुसार भारतको सहयोग हुनेछ । 

–अव नेपालको समुन्द्रसम्म पहुँच हुनेछ । सगरमाथाको देश समुन्द्रसम्म जोडिने छ । भपुरिष्वेठी देश मात्र होइन पानीमा पनि जोडिनेछ । 

–काठमाडौंसँग भारत जोडने रेललाइन बनाउने सहमत भएका छौँ । कनेन्केटीभेटी जनताको दैनिकीसँग जोडिन्छ । 

–एकीकृत सुरक्षा जाँच पनि शुरु गर्यौँ । तराई रोड, तेल पाइलाइनलाई अगाडि बढाउन हामी सहमत छौँ ।

–दुवै देश ृकषि प्रधान छन् । हामीले कृषिमा मिलेर काम गर्ने भनेका छौँ । आर्र्गनिक फार्मिङ, कृषि शिक्षा, कृषि अनुसन्धानमा सहयोग बढाउने छौँ । बहुमुल्य समय निकालेर प्रधानमन्त्री कृषि विश्वव्दिालय जाँदैहुनुहुन्छ ।

–जलसंसाधान र जलविद्युतमा पुनर्विचार गरेका छौँ । अरुण तेस्रो लगायतका परियोजनामा काम अगाडि बढाउने छौँ ।

–रक्षा र सुरक्षाममा गहन सम्बन्ध छ । खुला सीमा र साँझा हितका वारेमा कुरा गर्यौँ । खुला सीमाना जीवनको महत्वपूर्ण भाग हो । शिक्षा स्वास्थ्यमा पनि सहयोग बढाउने छौँ । दुवै देशलाई फाइदा हुनेछ । 
–नेपालको संघीय लोकतान्त्रि व्यवस्थाको बलियो बनाउन अनुभव आदान प्रदान महत्वपूर्ण हुन्छ । ‘फेरि भेट होला ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप