बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : गठबन्धनबीच तालमेलको टुङ्गो नलाग्दै धमाधम उम्मेदवार सिफारिस

तापक्रम बढ्यो, सतर्कता अपनाउन आग्रह
सोमबार, ०५ वैशाख २०७९, २१ : १२
सोमबार, ०५ वैशाख २०७९

आज २०७९ वैशाख ५ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा पोखरा महानगरका विषयमा गठबन्धनमा किचलो, प्रदेशस्तरमा पनि सत्तारुढ गठबन्धनको बैठक, भरतपुर महानगर माओवादीलाई दिन काँग्रेस सकारात्मक : प्रचण्ड, गठबन्धनबीच तालमेलको टुङ्गो नलाग्दै धमाधम उम्मेदवार सिफारिस, ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न, अर्का न्यायाधीशमाथि पनि कामु प्रधानन्यायाधीशको एक्सन, तापक्रम बढ्यो, सतर्कता अपनाउन आग्रह, इन्धन खर्च कटौतीको निर्णय कार्यान्वयनमा लगायत छन् ।
 १. पोखरा महानगरका विषयमा गठबन्धनमा किचलो
सत्तारुढ पाँच दलीय गठबन्धनभित्र पोखरा महानगरका विषयमा सहमति जुट्न नसक्दा सोमबार बसेको गठबन्धन बैठक निष्कर्षविहीन भएको छ । स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धन चुनावी तालमेलको खाका बनाउँदैछन् । देशका ६ महानगरमध्ये पाँच महानगरमा करिबकरिब सहमति भइसकेको तर पोखराका बारेमा भने नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी नछाडेपछि सहमति जुट्न नसकेको हो ।

यस्तै, ११ उपमहानगरका बारेमा पनि लगभग सहमति नजिक पुगिएको गठबन्धन सम्बद्ध एक नेताले जानकारी दिए । गठबन्धनको बैठक मंगलबार फेरि बस्ने र महानगर तथा उपमहानगरमा भागवण्डालाई अन्तिम रुप दिने जनाइएको छ ।

​२. प्रदेशस्तरमा पनि सत्तारुढ गठबन्धनको बैठक
स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र सहमतिको खोजी तीव्र रुपमा भइरहेको छ । यस क्रममा सोमबार गठबन्धनको केन्द्रीय बैठक बस्दा प्रदेश तहमा पनि गठबन्धनको बैठक बसेको छ । विभिन्न प्रदेशमा बसेको गठबन्धनको बैठकले मातहतका स्थानीय तहमा तालमेल गरी उम्मेदवार खडा गर्न खाका तयार पार्ने कोसिस गरेको छ । 

३. भरतपुर महानगर माओवादीलाई दिन काँग्रेस सकारात्मक : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिन नेपाली काँग्रेस सकारात्मक भएको बताएका छन् । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले ६ महानगरमध्ये एक महानगर माओवादी केन्द्रले पाउने र त्यसमा पनि भरपुरमा पहिला नै माओवादी केन्द्रले जितेका कारण सोही महानगर माओवादी केन्द्रलाई दिन काँग्रेस सकारात्मक रहेको बताएका हुन् ।

४. गठबन्धनबीच तालमेलको टुङ्गो नलाग्दै धमाधम उम्मेदवार सिफारिस
सत्तारुढ गठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि तालमेलको टुङ्गो नलाग्दै गठबन्धनमा आवद्ध दलले विभिन्न पालिकामा धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । गठबन्धनको बैठकमा सहमतिको खोजी भइरहँदा गठबन्धनमै रहेका दलका स्थानीय कमिटीले उम्मेदवार सिफारिस गरेको हो ।

५. ९५ लाख २५ हजार थान मतपत्र छपाइ सम्पन्न 
निर्वाचन आयोगले १ करोड ९४ लाख मतपत्रमध्ये हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्रको छपाइ सम्पन्न भएको जनाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित सामग्रीहरु कतिपय ल्याइसकिएको र कतिपय आउने क्रममा रहेको जनाएको छ ।

कैफियत फैसला दिएको भन्दै अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालत काजमा तानिएको छ । आइतबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले जोशीलाई सर्वोच्च अदालत काजमा तान्ने पत्रमा हस्ताक्षर गरी पठाएका छन् । यसअघि अन्य केही न्यायाधीश पनि यसैगरी सर्वोच्च अदालतमा तानिएका थिए ।

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भैरहवामा देशमै सर्वाधिक तापक्रम रहेको महाशाखाले जानकारी दिएको छ । त्यहाँको तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको छ ।

८. इन्धन खर्च कटौतीको निर्णय कार्यान्वयनमा
सरकारले सोमबारदेखि २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयका अनुसार इन्धन शीर्षकमा विभिन्न मन्त्रालय÷निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्नेछन् । यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागु नहुने मन्त्रालयले जनाएको छ । 

९. सेनाले हतियार किन्दै
नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको हो ।

१०. र यो पनि,
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस प्रदेशका पालिकाका लागि प्रमुख तथा उपप्रमुखको नाम स्थानीय कमिटीबाट प्राप्त गरेको छ । मधेस प्रदेशको १३६ स्थानीय तहमध्ये ११५ वटा तहबाट सिफारिस भएको नाम प्राप्त भएको लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए ।


स्थानीय तहको निर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारको टुंगो लगाउँदै टिकट वितरणको अन्तिम तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय जनकपुरधाममा पालिकाका मेयर÷उपमेयर तथा अध्यक्ष÷उपाध्यक्षको टिकट वितरण हुने जनमत पार्टीको सचिवालयले जनाएको छ ।

पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिगले बयान फेरेपछि अब के होला भन्नेमा सबैको चासो देखिएको छ । तर, सर्वोच्च अदालतले पीडित ‘होस्टाइल’ भए पनि सजाय हुने नजिर स्थापित गरिसकेको छ ।

कोरोना भाइरसको महामारी कम भएसँगै विदेशी पर्यटक आगमन बढेको छ । सन् २०२२ लागेसँगै झण्डै सवा लाख विदेशी पर्यटक नेपाल भित्रिसकेका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप