पोखरामा काँग्रेस–समाजवादी तालमेल टुट्यो
सोमबार, ०५ वैशाख २०७९, १५ : ३४
कास्कीको पोखरा महानगरको मेयरलगायतका पदमा काँग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले दावी नछोडेपछि नेपाली काँग्रेसले समाजवादीसँगको तालमेल टुटेको घोषणा गरेको छ । समाजवादीले अस्वभाविक दाबीका कारण सहमति जुट्न नसकिएको काँग्रेसले जनाएको हाे ।
काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले सोमबार विज्ञप्ति जारी गर्दै नेकपा समाजवादीसँगको गठबन्धन टुटेकाले समाजवादीसँग मैत्रिपुर्ण र स्वच्छ प्रतिस्पर्धा जाने निर्णयमा पुगेको जनाएका छन् । तर नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले बैठक बसिरहेकाले एकतर्फी आएको धारणा आधिकारिक नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण