मधेश प्रदेशमा गठबन्धन दलले जिल्ला अध्यक्षहरूसँग छलफल गर्दै

मधेस प्रदेश पाँच दलीय गठबन्धन जिल्ला अध्यक्षहरूसँग छलफल गर्ने भएको छ । आइतबारदेखि सुरु भएको गठबन्धनको बैठक स्थगित गरेर गठबन्धनले प्रदेशका आठवटै जिल्लाका अध्यक्षहरूसँग छलफल गर्ने भएका हुन् ।
जिल्ला अध्यक्षहरूसँग पालिकाको अवस्था बुझ्न छलफल गरिने जनाइएको छ । गठबन्धनको बैठक नेपाली काँग्रेस मधेस प्रदेश कार्यालयमा बस्ने बैठकमा जिल्ला अध्यक्षहरूसँग दुई चरणमा छलफल गरिने नेकपा माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज गणेश साहले जानकारी दिए ।
तालमेलको मोडालिटी टुंगो लगाउनु अघि जिल्ला अध्यक्षहरूसँग छलफल गरिन लागिएको जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बताए । उनले आइतबारदेखि बसिरहेको प्रदेश पदाधिकारीको बैठकमा नेताहरुले जिल्लागतरुपमा आ-आफ्नो पार्टीको अवस्थासहितको दावी प्रस्तुत गरिएको बताइएको छ । जिल्लाका अध्यक्षहरूसँग छलफल गरेर मंगलबारसम्म निष्कर्षमा पुगिने अध्यक्ष यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?