हेटौंडाको मेयरमा काँग्रेसबाट पराजुली, इटेनी र श्रेष्ठको नाम सिफारिस
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवारहरू सिफारिस गरेको छ । हेटौंडा उपमहानगरपालिका समितिको बैठकले हेटौंडाको मेयरमा एक महिलासहित दुई पुरुषलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो ।
बैठकले हेटौंडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो । पराजुली नेपाली काँग्रेस हेटौंडा उपमहानगरपालिका समितिका निवर्तमान सभापति हुन् भने इटेनी वर्तमान सभापति हुन् ।
त्यसैगरी उपमेयर पदमा पनि काँग्रेसले ३ जनाको नाम सिफारिस गरेको छ । उपमेयर पदका लागि काँग्रेसले अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरिएको हो ।
बैठकले मेयर र उपमेयर पदका उम्मेदवारको नाम काँग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको उपमहानगरपालिका सभापति इटेनीले बताए । २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा काँग्रेसका पराजुली झिनो मतान्तरले पराजित भएका थिए ।
उक्त निर्वाचनमा काँग्रेस माओवादी केन्द्र गठबन्धनबाट मेयर पदका उम्मेदवार रहेका पराजुली एमालेका हरिबहादुर महतसँग ४१६ मतान्तरले पराजित भएका थिए । मेयर महतले २३ हजार १२४ मत ल्याएर जितेका थिए भने काँग्रेसका आनन्दरामले २२ हजार ५०९ मत ल्याएका थिए । उनको ७ हजारभन्दा बढी मत बदर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण