गठबन्धनभित्रको समस्या समाधान गरेर प्रदेश कमिटीमा पठाउन एक दिनको समय
कर्णालीमा सत्ता गठबन्धनबीच तालमेलमा समस्या देखिएका जिल्लाहरुमा मंगलबार साँझसम्म सहमति गरेर प्रदेश कमिटीमा निर्णय पठाउन समय दिइएको छ। सोमबार वीरेन्द्रनगरमा बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।
कर्णालीका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको छैन । नेपाली काँग्रेस प्रदेश सभापति ललितजङ्ग शाहीले गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको रातोपाटीलाई जानकारी दिए । उनले भने,‘ भत्किएका होस् वा समस्या भएका सबै जिल्लामा जिल्लास्तरीय गठबन्धन संयन्त्र बनेको छ । त्यहाँको समस्या समाधान गरेर गठबन्धनलाई सफल बनाउनका लागि एक दिने अल्टिमेटम दिएका हौं ।’
यस्तै एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले पनि गठबन्धनलाई सफल बनाउन लचकताका साथ लाग्नुपर्ने बताए । सोमबारको बैठकमा प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माआोवादी केद्रका इञ्चार्ज कालीबहादुर मल्लको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण