‘गठबन्धनमा दावी आ–आफ्नै, रात साँझ गरेर मिलाउने प्रयास’
महानगर र उपमहानगरको भागबण्डा मिलाउन बसेको सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा दलहरुले आ आफ्नै दावी पेश गरेका छन् । महानगर र उपमहानगरमा दलहरुले आ आफ्नै दावी नछोडेपछि सोमबार बिहान ३ घण्टा बसेको बैठक विना निष्कर्ष सकिएको छ ।
बिहानको बैठकमा सहमति जुट्न नसकेपछि नेताहरु लन्चमा निस्केका छन् । लञ्च सकेर पुनः बैठक बस्ने मन्त्री समेत रहेका काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘बैठकमा दलहरूका आ–आफ्नै दावी छन्, पुनः अर्को बैठकमा सहमति जुटाउने प्रयास हुन्छ’, नेता कार्कीले भने, ‘रात साँझ गरेर भएपनि मिलाउने प्रयासमा छौ ।’
बैठकमा विशेषगरी ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका बारेमा छलफल भएपनि सहमति जुट्न सकस भएको हो । स्रोतका अनुसार नेपाली काँग्रेसले ६ वटै महानगरपालिका नछोड्ने अडान राखेका छ भने उपमहानगरको हकमा पनि ६ भन्दा बढी दावी गरेको छ । त्यसैगरी माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले पनि एक एकवटा महानगर आफुलाई चाहिने अडान राखेका छन् ।
गठबन्धनको बैठकमा सहभागी एक नेताका अनुसार माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका लिने गरी सहमति जुटाउने प्रयास हुनेछ । त्यस्तै ११ उपमहानगरमा काँग्रेसलाई ५ वटा दिएर अरु तीन दलले दुई दुई वटामा भागबण्डा हुनेगरी छलफल अघि बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण