भरतपुर माओवादीलाई दिनुपर्छ भन्ने काँग्रेसलाई नै लाग्या छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ नेपाली काँग्रेसलाई नै भरतपुर महानगरपालिका माओवादीलाई नै दिनुपर्छ भन्ने लागेको बताएका छन् । सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देशैभरका ६ महानगरबाट भरतपुर माओवादीलाई नै दिँदा उपयुक्त हुने भन्दै छलफल गरेको बताए ।
‘भरतपुरै नभइ भएन, रेणु नै नभइ भएन भन्ने हाम्रो कुनै अडान होइन । तपाईहरु प्रष्ट हुनुहोला’ प्रचण्डले भने, ‘देशैभर ६ महानगरपालिका छन् । एक माओवादी केन्द्रलाई पर्ने नै होला । गठबन्धनले काठमाडौ, विराटनगर, पोखरामध्ये एक दिए पनि ठिकै छ । भरतपुर हुँदैन भनेपनि ठिकै छ । भरतपुर नै चाहिने रेणु नै चाहिने भन्ने होइन ।’ भरतपुर यसअघि माओवादीले जितेकाले गठबन्धनबाट लिँदा सजिलो हुने बताए ।
देशैभरका ६ महानगरबाट एक महानगर माओवादीले लिनैपर्ने प्रचण्डले बताए । त्यसो हुँदा मोटामोटी भरतपुर माओवादीलाई दिने विषयमा काँग्रेस सकारात्मक भएको उनले बताए । सोमबार बेलुकासम्म महानगर र उपमहानगर गठबन्धनबाट टुंगो लाग्ने प्रचण्डको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
