कर्णालीमा भागबण्डा मिलाउन शीर्ष नेताहरुको उपस्थितिमा गठबन्धनको बैठक

कर्णालीका जिल्लाहरुमा चुनावी तालमेलका विषयमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा बैठक बसेको छ । धेरैजसो जिल्लाहरुमा सत्ता गठबन्धन संयन्त्रभित्र समस्या देखिएपछि सहमतिको प्रयासस्वरुप सोमबार बैठक बसेको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार दिउँसो बैठक बसेको नेपाली काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए । बैठकमा प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माआोवादी केन्द्रका इञ्चार्ज कालीबहादुर मल्ल सहभागी बनेका छन् । कर्णालीका डोल्पा, मुगु, सल्यानमा गठबन्धन भत्किसकेको छ भने जीवन शाहीको गृह जिल्लामा पनि गठबन्धन नहुने अन्तिम निर्णयमा दलहरु पुगिसकेका छन् ।
मुख्यमन्त्री शाही प्रदेशमा गठबन्धनभित्रका दल माओवादी र समाजवादीको सपोर्टमा मुख्यमन्त्री बनेका थिए । आजको बैठकमा गठबन्धनभित्र देखिएको समस्याको बारेमा वृहत छलफल हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना : आन्दोलनरत शिक्षक र प्रधानमन्त्रीको वार्ता
-
सातै प्रदेशमा मुख्यमन्त्री र प्रदेश प्रमुखविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै
-
गभर्नर नियुक्ति विवादको रिट आज पनि इजलासको पुछारमा
-
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयले हाल्यो मुद्दा
-
च्याट लिक कान्डः ट्रम्पले गरे आफ्नो रक्षामन्त्री हेगसेथको बचाउ
-
बर्सेनि बढ्दै चैते धानको आकर्षण