कर्णालीमा भागबण्डा मिलाउन शीर्ष नेताहरुको उपस्थितिमा गठबन्धनको बैठक
कर्णालीका जिल्लाहरुमा चुनावी तालमेलका विषयमा सहमति जुटाउन सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागितामा बैठक बसेको छ । धेरैजसो जिल्लाहरुमा सत्ता गठबन्धन संयन्त्रभित्र समस्या देखिएपछि सहमतिको प्रयासस्वरुप सोमबार बैठक बसेको हो ।
प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार दिउँसो बैठक बसेको नेपाली काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए । बैठकमा प्रदेश अध्यक्षका अलवा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला, माआोवादी केन्द्रका इञ्चार्ज कालीबहादुर मल्ल सहभागी बनेका छन् । कर्णालीका डोल्पा, मुगु, सल्यानमा गठबन्धन भत्किसकेको छ भने जीवन शाहीको गृह जिल्लामा पनि गठबन्धन नहुने अन्तिम निर्णयमा दलहरु पुगिसकेका छन् ।
मुख्यमन्त्री शाही प्रदेशमा गठबन्धनभित्रका दल माओवादी र समाजवादीको सपोर्टमा मुख्यमन्त्री बनेका थिए । आजको बैठकमा गठबन्धनभित्र देखिएको समस्याको बारेमा वृहत छलफल हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण