२० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा

सरकारले सोमबारदेखि २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालय/निकाय तथा नेपाल सरकारसंग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौति गर्ने,’ अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको छ, ‘यो निर्णय विकास आयोजनाहरु, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि लागु नहुने ।’
अर्थ सम्वन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुँदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौति गर्ने उल्लेख छ ।
तर बढ्दो व्यापार घाटा, विप्रेषण आप्रवाहमा कमी र वैदेशिक मुद्राको संचितिमा परेको चापलाई मध्येनजर गर्दै गत चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०७८/७९ मा इन्धन शिर्षकमा विनियोजित बजेटमा थप कटौति गर्ने निर्णय गरेको थियो ।
‘छुट्टै ऐनबाट इन्धन सुविधा प्राप्त गर्ने पदाधिकारीहरूको इन्धन सुविधा २० प्रतिशतले कटौति गर्न अनुरोध गर्ने,’ अर्थले भनेको छ, ‘यो कटौति हाललाई २०७९ असार मसान्तसम्म लागु हने ।’
यो निर्णय पालनको अनुगमन केन्द्रीय निकायहरु, सवै संवैधानिक निकायहरु र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने अर्थले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शनिबार कति छ अमेरिकी डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म