शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् उम्मेदवारका प्रतिबद्धता, के भन्छन् मतदाताहरु ?

डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो
सोमबार, २१ कात्तिक २०७९, २० : ५०
सोमबार, २१ कात्तिक २०७९

आज २०७९ कार्तिक २१ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा नेताहरुलाई प्रमुख निर्वाचन आयुक्तको प्रश्न– गाली गर्ने साहित्य कहाँ पढ्नुभयो ?, प्रधानमन्त्री देउवा धनगढीमा, वार्ताबाटै लिपुलेक, लिम्पियाधुरासहितको जमिन फिर्ता ल्याउने ओलीको प्रतिबद्धता, राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान, डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता, के भन्छन् मतदाताहरु ? आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेपछि सांसदको गाडी प्रहरीको नियन्त्रणमा लगायत छन् ।

१. नेताहरूलाई प्रमुख निर्वाचन आयुक्तको प्रश्न– गाली गर्ने साहित्य कहाँ पढ्नुभयो ?
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेताहरूलाई गाली गर्ने साहित्य कहाँ पढेर आउनु भयो भन्ने प्रश्न आफूले सोधेको बताएका छन् । निर्वाचन प्रचारका क्रममा प्रतिस्पर्धीलाई गाली गर्ने प्रवृत्ति बढेकोतर्फ संकेत गर्दै उनले यो प्रसङ्ग सुनाएका हुन् । 

​२. प्रधानमन्त्री देउवा धनगढीमा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट फर्केलगत्तै धनगढीमा व्यस्त छन् । आइतबार बेलुकी धनगढी पुगेका उनी सोमबार दिनभर धनगढीमै व्यस्त भए । प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै निवासमा छन् । उनले कार्यकर्ता भेटघाट तथा यहाँको चुनावी अवस्थालाई सूक्ष्म रुपमा नियालिरहेको बताइएको छ ।

३. वार्ताबाटै लिपुलेक, लिम्पियाधुरासहितको जमिन फिर्ता ल्याउने ओलीको प्रतिबद्धता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ताबाटै लिम्पियाधुरा, लिपुलेकसहितका जमिन फिर्ता ल्याउने प्रतिबद्धता जनाएका छन् । निर्वाचन प्रचारका क्रममा पोखरा पुगेका उनले भारतसँग वार्ता गरेर ती जमिन फिर्ता ल्याइने बताएका हुन् ।

४. राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान
६ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार साँझ आईसल्याण्डतर्फ प्रस्थान गरेकी छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ को कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।  

५. डेंगु संक्रमितको संख्या ५० हजार नाघ्यो
नेपालमा डेंगु रोगीको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगु रोग पुष्टि भएको हो । 

आसन्न निर्वाचनको प्रचारका क्रममा उम्मेदवारहरूले धमाधम प्रतिबद्धतापत्र सार्वजनिक गरिरहेका छन् । यसै क्रममा सोमबार काठमाडौं–५ मा कांग्रेसका उम्मेदवार प्रदीप पौडेल र रुपन्देही–१ मा सत्तारुढ गठबन्धनको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।  

७. के भन्छन् मतदाताहरू ?
आसन्न निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरू आ–आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्र लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन् । यसै क्रममा केही क्षेत्रमा मतदाताहरूको भावनालाई समेटेर रातोपाटीले सोमबार केही सामग्री प्रकाशन गरेको छ ।

८. आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेपछि सांसदको गाडी प्रहरीको नियन्त्रणमा
बारा निर्वाचन क्षेत्र नं ४ (क) का निवर्तमान प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा चढेको सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारी गाडी प्रयोग गरेर निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा हिँडेको गुनासो आएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । 

९. मुख्यमन्त्री र मन्त्रीहरु चुनाव प्रचारमा, कसरी चल्दैछ कर्णाली प्रदेश सरकार ?
आसन्न निर्वाचन प्रचारका क्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीसहित विभिन्न मन्त्री गाउँगाउँ पुगेका छन् । प्रदेश राजधानीमा रहेका अधिकांश मन्त्रालय अहिले मन्त्री विहीन छन् । उम्मेदवार नभएका मन्त्रीहरूसमेत मन्त्रालयमा भेटिँदैनन् ।

काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् । 

बागलुङमा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ ।

हनी ट्रयापको आरोपमा जेल परेपछि जाहेरवालाविरुद्ध नै वैवाहिक बलात्कारको जाहेरी दिने महिलाको सोच ‘आफ्टर थट’मा आधारित रहेको भन्दै भक्तपुर जिल्ला अदालतले आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप