बागलुङमा जनमोर्चाको विद्रोही समूहले एमालेलाई सघाउने
बागलुङमा राष्ट्रिय जनमोर्चाको विद्रोही समूहले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने भएको छ । शनिबार बसेको एमाले र राष्ट्रिय जनमोर्चा विद्रोही समूहको संयुक्त बैठकले दुवै पक्षबीचको विगतको राजनीतिक सहकार्यलाई कायम राख्दै जनमोर्चाको विद्रोही समूहले बागलुङमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो ।
यस्तै यस्तै बागलुङ क्षेत्र नम्बर १ को प्रदेश ख मा रहेको राष्ट्रिय जनमोर्चाको विद्रोही समूहको उम्मेदवारी निष्क्रिय गर्ने सहमति भएको पनि दुई पक्षबीचको विज्ञप्तिमा उल्लेख छ । विद्रोही समूहका प्रतिनिधि तिलक पुन र एमाले बागलुङका सचिव विष्णु भुसालले जारी गरेको विज्ञप्तिमा दुवै पक्षका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र जनसमुदायलाई सहमति बमोजिम परिचालित हुन आग्रह गरिएको छ ।
बागलुङ १ मा सत्ता गठबन्धनको समर्थनमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उम्मेदवारी छ । पार्टीको विवादका कारण केही पहिले विद्रोही समूहले मोटो मशाल गठनको घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
