भुसालद्वारा प्रतिबद्धता पत्र सार्वजनिक
सत्ता गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। उनले बुद्धको मालवी देवदह र लुम्बिनी बुद्ध विश्व विद्यालयमा विशेष जोड दिएर विकास गर्दा रुपन्देही क्षेत्र नम्बरको १ मात्रै विकास नभई राष्ट्रियकरण विकासमा जोड्न सकिने योजना रहेको बताएका छन्।
प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन, रोजगारी सिर्जना र शान्ति सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको छ । यस्तै कृषि, खानेपानी तथा सरसफाइ, पर्यटन, भूमि व्यवस्था, युवा स्वरोजगार तथा खेलकुद, भौतिक पूर्वाधार तथा सडक, विद्युत्, नदी नियन्त्रण तथा तटबन्ध, औद्योगिक तथा व्यावसायिक पूर्वाधार, शान्ति सुरक्षा, प्राकृतिक स्रोत साधनलगायत १६ वटा विषयमा विभाजन गरी योजना समावेश गरिएको छ।
कार्यक्रममा भुसालसँगै प्रदेशसभा सदस्यका उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवले उपस्थिति रहेकोले थियो । यहाँ स्वतन्त्र रूपमा त्रिभुज चुनाव चिह्न लिएर मैदानमा गएका भुसाललाई गठबन्धन दलहरूले समर्थन गरेका हुन् । यसअघि रुपन्देही क्षेत्र नम्बर ३ उठेका भुसालले अहिले नीति र विकास दुवै मुद्दामा केन्द्रमा राखेर १ नम्बरको क्षेत्रमा मैदानमा गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण