प्रधानमन्त्री देउवा के गर्दैछन् धनगढीमा ?
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेल्धुराबाट फर्केलगत्तै धनगढीमा व्यस्त छन् । आइतबार बेलुकी धनगढी पुगेका उनी सोमबार दिनभर धनगढीमै व्यस्त भए । प्रधानमन्त्री देउवा धनगढीस्थित आफ्नै निवासमा छन् । उनले कार्यकर्ता भेटघाट तथा यहाँको चुनावी अवस्थालाई सूक्ष्म रुपमा नियालिरहेको बताइएको छ ।
कैलाली कांग्रेस सचिव नृप सुनारका अनुसार उम्मेदवार चयनको विषयमा असन्तुष्ट कतिपय नेता, कार्यकर्ता र पार्टीबाट बागी उम्मेदवारी दिएकाहरूलाई पनि बोलाएर प्रधानमन्त्री देउवाले छलफल गरिरहेका छन् ।
कैलालीका नेता, कार्यकर्तासँग देउवाले यहाँको चुनावी अवस्था र सम्भावित परिणामबारे पनि जानकारी लिइरहेको सुनारले बताए ।
उनका अनुसार कैलाली क्षेत्र नम्बर ३ को प्रदेशसभा (२) मा बागी उम्मेदवारी दिएका कांग्रेस नेता गोविन्दराज जोशीलाई पनि देउवाले निवासमा बोलाएर भेटेका छन् । तर जोशीले देउवासँगको भेटपछि पनि आफ्नो उम्मेदवारी कायम रहने र आफू पछि नहट्ने बताए ।

सामाजिक सञ्जाल फेसबुकमा मतदातालाई अनुरोध गर्दै उनले लेखेका छन्, ‘पार्टी सभापति श्री शेरबहादुर देउवाजीले मलाई धनगढी भेटघाटमा बोलाएको विषयमा केही उच्छृङ्खल र मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरुले मैले उम्मेदवारी छोडेको भन्ने झुठो हल्ला चलाउँदै गरेको कुरा सुनिन आएकोले सो कुरा निराधार भएको र म निरन्तर मंसिर ४ गतेसम्म उम्मेदवारीमा अडिग छु, मेरा सहयोगी साथीहरू यथावत् प्रचार प्रसारमा संलग्न रहेको जानकारी अनुरोध छ ।’
देउवा दार्चुला र बैतडी पनि जाने
कांग्रेस कैलाली सचिव सुनारका अनुसार प्रधानमन्त्री देउवा अबको दुई दिन धनगढीमै बस्ने भएका छन् । धनगढी बसाइपछि देउवा २३ गते (बुधबार) सुदूर पहाडतर्फ जाने भएका छन् । देउवा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न दार्चुला र बैतडी जाने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण