काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय, प्रकाशमानलाई समर्थन
सोमबार, २१ कात्तिक २०७९, १५ : २४
काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।
सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार मैदानबीच प्रतिस्पर्धा हुँदैछ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण