काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय, प्रकाशमानलाई समर्थन
सोमबार, २१ कात्तिक २०७९, १५ : २४

काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।
सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार मैदानबीच प्रतिस्पर्धा हुँदैछ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलंकामा मोदीले गरे रेलवे स्टेशनको उद्घाटन
-
भक्तपुरको सानोठिमी क्याम्पसका स्ववियु अध्यक्षमाथि कुटपिट
-
सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
-
शिक्षक महासंघसँग भएको सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ : कोइराला
-
गभर्नरका रूपमा अधिकारीको ‘सन्तुष्टिको पाँच वर्ष’ : के–के भए उपलब्धि ?
-
लन्डनको चर्चित ‘कार्डियोलोजिस्ट’ भन्दै धमाधम मुटुको अप्रेसन, सात जनाको मृत्यु