काठमाडौं–५ मा सत्ता गठबन्धनका साझा उम्मेदवार प्रदीप पौडेलको १७ बुँदे प्रतिबद्धता सार्वजनिक
काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्दै गर्दा पौडेलले प्रदेशतर्फ क्षेत्र नम्बर १ का उम्मेदवार भैरव सापकोटा र २ का श्यामबहादुर खड्कासमेतको एजेण्डालाई समेटेर विभिन्न १७ बुँदामा आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धतापत्रमा निर्वाचन क्षेत्रमा सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्ने, व्यवस्थित सडक र पार्किङको व्यवस्था गर्ने, गुणस्तरीय स्वास्थ्य सेवाका लागि पहल गर्ने, कला, संस्कृतिको संरक्षणमा लाग्ने, खानेपानी र ढल निकासको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ ।
यसैगरी रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि जनाइएको छ ।
प्रतिबद्धतापत्रमा लोकतन्त्र र संविधानको रक्षाका साथै राजनीतिक स्थायित्व र विकासका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलीय गठबन्धन जनताको घर–दैलोमा आएको र गठबन्धनका तर्फबाट यस क्षेत्रका सबै उम्मेदवारको निर्वाचन चिह्न ‘रुख’ रहेको जानकारी दिइएको छ । जसअनुसार ‘रुख’ चिन्हमा मतदान गरी संयुक्त गठबन्धनका साझा उम्मेदवारहरूलाई विजयी गराउन अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण