बाढी पहिरोबाट ७ जनाको मृत्यु, दुई पक्की पुल बगे

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर सोमबार रातिसम्म ७ जनाले ज्यान गुमाएका छन् । यस्तै १० जना घाइते भएका छन् । कागेश्वरी मनोहरा–१ गागलफेदीस्थित घट्टेखोलामा खसेको पहिरोमा पुरिएर २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको छ ।
यसैगरी दार्चुलाको नौगाड गाउँपालिका–६ स्थित परिगाउँ खोलाले बगाएर ४२ वर्षीय मानमती ठगुन्ना र ५ वर्षीया बालिका आरती ठगुन्नाको मृत्यु भएको छ । उता पहिरोले पुरिएर तनहुँमा २ जनाको ज्यान गएको छ । भानु नगरपालिका–९ की ८० वर्षीया तिलमाया धौराली र १४ बर्षीया सितस्मा धौरालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अरुण पौडेलले जानकारी दिए ।
सितास्माको उद्धारको क्रममा मृत्यु भएको थियो । भानुमा पहिरोले दुई घर पुरेको छ ।
‘बाढी र पहिरोका कारण सोमबार ७ जनाको मृत्यु भएको छ’ नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) निरज बहादुर शाहीले भने–‘१० जना घाइते हुनुहुन्छ ।’
गोरखाको गण्डकी गाउँपालिका–१ फुजेलकी २४ वर्षीया लक्ष्मी गुरुङको मृत्यु भएको छ । त्यस्तै, धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा पहिरोले पुरिएर १७ बर्षिया किशोरी निरुता परियारको मृत्यु भएको छ ।
दुई पक्की पुल बगे
सोमबारको बाढीले बाजुरा र पृथ्वी राजमार्गको चितवन–धादिङ जोड्ने पक्की पुल बगाएको छ । बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आवत–जावत बन्द भएको छ ।
पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि राजधानी काठमाडौं आवतजावत ठप्प भएको छ ।
मुग्लिन नारायणघाट सडखण्ड अन्तर्गत चार किलो, धादिङको गजुरी, गल्छी र बेनीघाटमा पहिरोले सडक अवरुद्ध भएको छ ।
बिपी राममार्गस्थित सिन्धुलीको नेपालथोक नकिजै कमेरेमा पहिरो खसेर सड्क अवरुद्ध भएको छ ।
‘काठमाडौं–हेटौंडा सडक खण्डको सिस्नेरीतर्फ हेभी सवारीसाधन र सुकेरामा सडक अवरुद्ध छ’ प्रहरी प्रवक्ता शाहीले भने–‘फर्पिङतर्फको फाखेल सडक पनि अवरुद्ध भएको छ ।’
तनहुँको डुम्रेबाट लमजुङ तर्फ जाने सडकखण्डको रमाइलो डाँडामा पहिरो खसेर सडक अबरुद्ध भएको छ ।
लमजुबाट मनाङतर्फ जाने सडक र रसुवाको स्याफ्रबेसी–टिमुरे पासाङल्हामु सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूले प्रधानमन्त्री र सभामुखसँग मात्रै वार्ता गर्ने
-
म्युजिक अवार्ड : को बन्लान् उत्कृष्ट गायिका ? (मनोनयन सूचीसहित)
-
भारतीय नेताहरू केसी त्यागी र सुधीन्द्र भदोरिया नेपालमा
-
सरकारलाई थप दबाब दिन आजदेखि शैक्षिक हडताल
-
चैत्र नवरात्र : दसैँ, छठ र रामनवमीको सँगालो
-
ट्रम्प ट्यारिफका कारण भारतीय लगानीकर्ताले गुमाए केहीबेरमै २०० खर्ब भारु