त्रिशूली नदीको खतरनाक रुप, पुलमाथि पानी बग्यो
काठमाडौँ । पछिल्लो समय परेको निरन्तर वर्षाको कारण त्रिशूली नदी मडारिएको बगेको छ । त्रिशुली नदीमा रहेका झोलुङ्गे पुलदेखि पक्की पुलहरु उच्च जोखिममा परेका छन् ।
त्रिशूली नदीमा पानीको सतह बढेपछि चितवनको भरतपुर महानगरपालिका–१, दासढुङ्गाको पक्की पुल समेत खतरनाक अवस्थामा पुगेको छ । पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ । गोरखा–धादिङ हुँदै बग्दै आएको बुढीगण्डकी नदी बेनिघाटमा मिसिएर सुरु हुने त्रिशुली नदी उर्लिएको हो ।
त्यस्तै भरतपुर महानगरपालिका–२९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकाले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार त्रिशुली नदीमा रहेका सबै पुल उच्च जोखिममा छ । उनले भने, ‘सिमलतालमा रहेको झोलुङ्गे पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा छ ।’
त्रिशुली नदी उर्लिएसँगै चितवन, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।
बिहान ५ बजेदेखिको वर्षाको कारण मुग्लिन–नारायणघाट सडकखण्डमा मात्र एक दर्जनभन्दा बढी ठाउँमा पहिरो समेत गएको इन्सपेक्टर भट्टले जानकारी दिए ।
सोमबार साँझ चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि आवतजावत नै ठप्प भएको छ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरे, फुर्के खोला र महेश दोभानमा ठूलो पहिरो खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण