कीर्तिपुरको सुन्दरीघाटमा बागमती पस्यो, २० जनाको उद्धार
सोमबार, ०५ साउन २०७७, १२ : ५०
काठमाडौँ । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बागमती नदीमा पानिको बहाव बढेर बस्तीमा पसेको छ । सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा बाढी पसेपछि त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।
यता, आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण ललितपुरको बाग्मती गाउँपालिका–५ रुम्बामा सड्क अवरुद्ध भएको छ । चापागाउँबाट गिम्दी जाने बाटो अवरुद्ध भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
त्यस्तै, भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटमा अविरल वर्षाका कारण पुल हाउस भत्किएको छ । रामबहादुर तामाङले सञ्चालन गरेको पुल हाउसको पर्खाल भत्किँदा २ लाखको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण