अपडेट : पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक आज दिनभर बन्द
सोमबार, ०५ साउन २०७७, ०७ : २२
अविरल वर्षाका कारण पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक पूर्णरुपमा बन्द भएको छ । ईच्छाकामना गाउँपालिका वडा नं–६ चार किलो नजिकै सोमबार बिहान करिब ५ बजेको समयमा ठूलो पहिरो खस्न गएको हो ।
ठूलो पहिरोले पूर्ण रुपमा सडक अवरुद्द भएकोमा हालसम्म पनि निरन्तर पानी परिरहेको र पहिरो खसिरहेकोले पहिरो हटाउन कार्य सुरु हुन नसकेको प्रहरीले जनाएको छ । चितवन प्रहरीका अनुसार सडक सुचारु हुन दिनभरी नै लाग्ने सम्भावना भएकाले यस सडक खण्ड भएर यात्रा नगर्न आम सडक प्रयोगकर्तालाई अनुरोध छ ।
बाटो खुलाउने तर्फ आवश्यक पहल र प्रयास भैरहेको व्यहोरा जानकारी गराइएको छ । प्रहरीले ओभरटेक नगरी आ–आफ्नो सवारी साधन सुरक्षित स्थान रोक्न र सडक सुचारू भएपछि मात्र आफ्नो पूर्ववत् यात्रामा अगाडि बढ्नको लागि सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण