पृथ्वी राजमार्गको पुल बगाएपछि काठमाडौं आवत–जावतको विकल्प खोजिँदै
काठमाडौं । काठमाडौं जोड्ने मुख्य सड्क पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि राजधानी आवतजावत ठप्प भएको छ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरे, फुर्के खोला र महेश दोभानमा ठूला पहिरो खसेको छ ।
साना पहिरो धेरै ठाउँमा खसेको र पुल नै बगाएले तत्काल काठमाडौं आवत जावत असम्भव भएको छ । मुग्लिङ–काठमाडौं सडक खण्डमा साना ठूला गरी २५ ठाउँमा पहिरो गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
स्थानीय प्रशासनहरुले काठमाडौं आवत जावत सुचारु गर्न दुई वटा विकल्पमा छलफल थालेका छन् । पहिलो मौवाखोलामा बेलिब्रिज (अस्थायी पुल) राख्ने र दोस्रो मकवानपुरतर्फको बैकल्पिक बाटो प्रयोगमा ल्याउने भन्ने विषयमा छलफल भइरहेको छ ।
‘कसरी सड्क सुचारु गर्ने भन्नेबारे छलफल भइरहेको छ’ जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले भने, ‘एउटा विकल्प बेलिब्रिज हो । त्यसबारे कुरा भइरहेको छ ।’
स्थानिय प्रशासनले नौविसेबाट पालुङ हुँदै आउने बाटो र चितवनको शक्तिखोरबाट पनि काठमाडौं आउन सकिने दुईवटा विकल्पबारे छलफल गरिरहेको छ ।
सेनाले अध्ययन गर्दै
धादिङको गजुरीबाट नेपाली सेनाको टोली मौवाखोला क्षतिग्रस्त पुल अध्ययन गर्न गएको छ । सैन्य ईन्जिनियरहरुले अध्ययन गरेपछि बेलिब्रिज राख्नेबारे निर्णय गरिने नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
प्राकृतिक विपतको बेला प्रयोग गर्न सक्नेगरी नेपाली सेनासँग बेलिब्रिज तयारी अवस्थामा राखिएको छ ।
‘वस्तुस्थिति अध्ययन गरेर मध्य पृतना मुख्यालयले रिपोर्ट दिएपछि बेलिब्रिज राख्ने सकिने अवस्था भएमा निर्णय गर्छौ,’ सैन्य प्रवक्ता पौडेलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण